पोखरा । गण्डकी प्रदेश सरकार काकानून, संचार तथाप्रदेश सभामामिला मन्त्री विन्दु कुमार थापाले महिला हिंसा न्यूनिकरण सम्बन्धिका नूननिर्माण बनाउन तर्फ आफु अग्रसर रहेको बताए । सोमबार पर्यटन व्यवसायीमहिला संघ नेपाल (टेवान)ले आयोजना गरेको ‘व्यवसायमा महिला हिंसा सचेतना’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले महिला हिंसा घटनाका विषयमा समाजमा उठेका विभिन्न विषयलाई आत्मसात् गर्दै कानून निर्माण गर्ने प्रक्रियामा गण्डकी सरकार लागि परेको उल्लेख गरे ।
उनले शिक्षा नै महिला हिंसा न्यूनिकरणको आधार भएको बताए । ‘शिक्षा नै महिला हिंसा न्यूनिकरणको आधारस्तम्भ हो । शिक्षित समाजमा हिंसात्मक गतिविधि पनि कम हुने गर्छन् । त्यसैले सबैमा शिक्षाको पहुँच हुनुपर्ने आवश्यकता छ । जसमा हामी प्रतिबद्ध छौं ।’, उनले भने ।
पछिल्लो समय महिलाहरु व्यवसायिक क्षेत्रमा समेत सक्रिय रुपमा लाग्दा सामाजिक विकृति विसंगति केही हदसम्म भएपनि हराउँदै गएको मन्त्री थापाको भनाई छ ।
‘महिलाहरु पनि सक्षम छन् भन्ने सन्देश समाजमा प्रवाह भइरहेको छ । समाजिक र राजनीतिक रुपान्तरणमा महिलाहरुको भूमिका अब्बल साबित भएको छ । सरकारले महिलाहरुलाई सहजै व्यवसाय गर्ने सजिलो होस् भन्दै सुलभ ब्याजदरमा विनाधितो कर्जा उपलब्ध गराउने कार्यले सकरात्मक सन्देश प्रवाह गरेको अवस्था छ ।’, उनले भने ।
महिला हिंसा हुँदा लुकाउने प्रवृतिले समाजमा अपराध गर्नेहरु बढ्दै गएको र काम भन्दा कुरा बढी गर्ने समस्याबाट समाज ग्रसित भएको अभिव्यक्ति मन्त्री थापाको थियो ।
गण्डकी प्रदेशकी सांसद मिना गुरुङले द्वन्द्वकालिन समयदेखि आजसम्म महिलाहरु अधिकारकालागि लडिरहेको बताइन । जबसम्म महिलाको एउटै आवाज हुँदैन तबसम्म अधिकारबाट वञ्चित भइराख्नुपर्ने भनाई उनको थियो । गुरुङले देशमा महिला अधिकारका कानून निर्माण भएतापनि कार्यान्वयन पक्ष फितलो हुँदा समस्या देखिएको बताए ।
पर्यटन व्यवसायी गणेश बहादुर भट्टराईले महिला हिंसा न्यूनिकरणका लागि शिक्षा महत्वपूर्ण भएको बताए । शिक्षित समाजमा महिला हिंसाका गतिविधि शुन्य रहेको तर्क उनको थियो । भट्टराईले घरका अभिभावकले छोराछोरीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने आवश्यकतालाई औंल्याए थियो । आफुले पर्यटन व्यवसायको ३० वर्षको अनुभवमा महिलाको आकर्षण सोचेजस्तो नपाएको बताउँदै यसतर्फ ध्यान पुर्याउन आग्रह गरे ।



























प्रतिक्रिया लेख्नुहोस्:-