वैकल्पिक शक्तिको रूपमा राष्ट्रिय राजनीतिको मुलधारमा आउन सक्रिय राष्ट्रिय नागरिक पार्टी कास्कीले महिलाहरुलाई व्यवसायीक सिप प्रदान गरि आत्मनिर्भर तथा स्वावलम्बी बनाउने उद्देश्यले आयोजना गरेको ४ दिने कपडाको चप्पल बनाउने तालिम शुक्रबार सम्पन्न भएको छ।
तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै पार्टीका सहमहामन्त्री सागर कार्कीले प्राप्त गरेको सिपलाई व्यवहारमा उतार्न सबैलाई आग्रह गरेका छन्। आर्थिक, सामाजिक र राजनैतिक परिवर्तनमा महिलाहरुको भुमिका महत्वपूर्ण रहने उल्लेख गर्दै कार्कीले देश विकासको अभियानमा एकजुट हुन सम्पुर्ण महिलाहरुलाई आव्हान समेत गरेका छन्।
सहजकर्ता साधना श्रेष्ठको सहजिकरण रहेको उक्त तालिममा दर्जन बढी महिलाहरुको सहभागीता रहेको थियो। कार्यक्रममा सहभागी पुजा दर्जी र साधना श्रेष्ठले समेत बोलेका थिए।
कास्कीका अध्यक्ष सिर्जनादेवी रिजाल कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सावित्री कार्कीले गरेकी थिइन्।



























प्रतिक्रिया लेख्नुहोस्:-