पोखरा १६ मंसिर । नेपाली कांग्रेस गण्डकी प्रदेशमा पौडेल पक्षबाट शुक्रराज शर्माले सभापति लड्ने भएका छन ।
बिहिबार सभापतीका लागि पौडेल पक्षबाट उम्मेदवारी दिएका अन्य नेतालाई समेत राखी गरिएको छलफलबाट पौडेलले शर्मालाइ सभापतिमा उठाउने बताएका हुन ।
पौडेल पक्षका अन्य उम्मेदवारको विहानसम्म टुङ्गो लाग्ने उनले बताए । पौडेलले कांग्रेसलाई बलियो बनाउन शर्मानै उचित रहेको र अन्य उम्मेदवार आकांक्षीलाई केन्द्र तथा संसदका लागि स्थान दिने बताए । धेरै सोच र विचारका साथ शर्मालाई सभापती बनाउन लागेको उनले बताए । यस्तै पौडेलले आफ्नो करङ दुखाएर बनाएको प्रधानमन्त्रीले आफ्नै विरुद्ध कदम चालेको बताए । ुतपाईहरुले काम राम्रो गर्नु हुन्न कि भन्ने मलाइ चिन्ता छ ।
हामिले विश्वास जित्नु पर्छ । हामी लक्ष्य प्रती समर्पित भएर लाग्नु जरुरी छ,ञउनले भने,ञमेरो करङ अझै दुखेको छ । मेरो करङ दुखाएर बनाएको प्रधानमन्त्री मेरो विरुद्धमा लागे । के का लागि प्रधानमन्त्री बन्नुभयो भन्ने उत्तर अझै आएको छैन । हामी कर्मशिल कांग्रेस हुनुपर्छ त्यसैले यस्तो निर्णय गरेका हौ ।
पौडेलले जसरी पनि जित्नुपर्नेमा जोड दिए । सबैले मुठिमा गाठो कसेर मान्नुपर्छ । बैकल्पिक व्यवस्था पनि गरेका छौ ।



























प्रतिक्रिया लेख्नुहोस्:-