जीवन ज्योती सेवा केन्द्रको नव निर्मित भवनको बुधबार बेनीमा उद्घाटन गरिएको छ ।
बेनी नगरपालिका वडा नं २ स्थित जीवन ज्योति सेवा केन्द्रको कार्यालय भवनको उद्घाटन बेनी उद्योग वाणिज्य महिला उद्यमशिलता संघका कोषाध्यक्ष दिलु गुरुङले गर्दै महिलाको हकहितमा यस संस्थाले विशेष भुमिका खेल्ने कुरामा आफु विश्वस्थ रहेको धारणा राखिन् ।
उक्त कार्यक्रममा समाजसेवी हेमा खवास, राष्ट्रिय नागरिक पार्टीका सहमहामन्त्री सागर कार्की, दलित समाज म्याग्दीका अध्यक्ष यम किसान, संस्थाका सल्लाहकार बेल बहादुर पुन लगाएतले बोलेका थिए ।
सो अवसरमा ब्लड क्यान्सर पिडित सेती दर्जी र मानसिक समस्याले पिडित हरिकला रोक्कालाई जनही पन्ध्र पन्ध्र हजार तथा बुध्दिकला तामाङलाई खाध्यान्न राहत स्वरुप वितरण गरिएको थियोे ।
संस्थाका अध्यक्ष ईन्द्र कुमारी पुनको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष मान बहादुर खत्री र संचालन सचिव मिलन बिश्वकर्माले गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-