मंसिर १५ पोखरा । गण्डकी प्रदेश सरकार काकानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले सुचनाको हक सम्बन्धी कानून निर्माणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । बुधबार सञ्चारिका समूह गण्डकी प्रदेशले लेखनाथमा आयोजना गरेको सुचनाको हक सम्बन्धी दुई दिने प्रवोधिकरण तथा प्रदेश भेला कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले गण्डकी सरकारले सो सम्बन्धी विधेयक ल्याउन लागेको र मस्यौदा निर्माणको काम भइरहेको जानकारी गराए ।
‘गण्डकी सरकार सुचनाको हक सम्बन्धी कानून बनाउन प्रतिबद्ध छ । अहिले मस्यौदाको काम भइरहेको छ । विज्ञहरुसँग सल्लाह गरी प्रदेश सुचनाको हक सम्बन्धी कानून बनाउँछौं ।’, उनले भने । मन्त्री थापाले सुचनाको हक सम्बन्धी कानून निर्माणमा प्रदेश सरकार मध्ये गण्डकी पहिलो बन्ने दाबीगरे ।
आफु व्यवसायिक क्षेत्रबाट राजनीतिमा आएको उल्लेख गर्दै मन्त्रीथापाले अबको राजनीति व्यवसायिक राजनीति हुनुपर्नेमा जोड दिए । उनले भने, ‘अबको राजनीति व्यवसायिक हुनुपर्छ । राजनीतिलाई पेशा वा जागिर रुपबाट मात्रै हेरिनुहुँदैन । यो त विशुद्ध सामाजिक सेवा हो । राजनीतिमा मात्रै भर पर्नुपर्ने आर्थिक अवस्थाबाट माथि उठेर व्यवसायिक क्षेत्रमा समेत नेताहरु आबद्ध हुनुपर्ने अहिलेको आवश्यकता हो । यसले भ्रष्टाचार न्युनिकरणमा मदत पुग्छ ।’
कानून बनाउनु मात्रै ठूलो कुरा नभई सफल कार्यान्वयन पनि महत्वपूर्ण विषय रहेको मन्त्री थापाको भनाई छ ।
कार्यक्रममा पूर्व राष्ट्रिय सुचना आयुक्त तथा प्रशिक्षक यशोदा तिमिल्सिनाले शासनमा बस्दा सुचना दिने नदिने र शासनबाट बाहिर हुने बित्तिकै हरेक नागरिकले सुचना पाउनुपर्छ भन्दै हिड्ने प्रवृति राजनीतिक दलहरुमा मौलाएको बताए । उनले नेपालका प्रदेश सरकारले समेत भारतमा जस्तै आयोगहरु गठन गरि नागरिकले सजिलै सुचना पाउनुपर्ने अधिकारलाई व्यवस्थाप नगर्ने कानून निर्माण गर्नुपर्ने आवश्यकता लाई औंल्याए ।
पोखरा महानगरपालिका वडा ३१ का वडाअध्यक्ष कमल बहादुर थापाले सबै महत्वपूर्ण कार्यक्रम पोखरा केन्द्रीत मात्र हुँदा लेखनाथ ओझेलमा परेको बताए । उनले लेखनाथ पनि पर्यटकीय गन्तव्य हुँदाहुँदै बजेट विनियोजनमा सिमितता हुँदा विकास हुन नसकेको गुनासो पोखे ।
पत्रकार महासंघ गण्डकी प्रदेशका सचिव यदुनाथ बञ्जराले सुचनाहक सम्बन्धी ऐनले पत्रकारलाई बलियो बनाएको बताए । उनले पत्रकारिता र सुचनाको हक एउटै सिक्काकादुई पाटो भएको उल्लेख गरे ।
सञ्चारिका समुह नेपाल गण्डकी प्रदेशकी अध्यक्ष स्मिता अधिकारीले महिला पत्रकारको क्षमता अभिवृद्धिका लागि उक्त तालिम आयोजना गरिएको जानकारी गराए ।



























प्रतिक्रिया लेख्नुहोस्:-