पोखरा १५ मंसिर । २ करोडको लगानीमा पोखरामा क्लासिक चुलो संचालनमा पोखरा, मंगलम हस्पिटालिटी प्रा.लि.ले २ करोडको लगानीमा पोखरामा क्लासिक चुलो रेष्ट्रो एण्ड ब्यङ्म्युट संचालनमा ल्याउन लागेका छ् । पोखरामा खानाका पारखीहरुका लागि परम्परागत खानाका साथै मनोरञ्जन समेत लिएर रेष्ट्रो संचालनमा ल्याउन लागिएको हो ।
नेपाली खाना बर संस्कृतिको प्रवद्र्धन गर्ने लक्ष्यका साथ देशभर रेष्ट्रो संचालनमा ल्याउन लागेको प्रा.लि.ले २ वर्षमा देशका मुख्य शहरहरुमा समेत शाखा विस्तार गर्ने योजनामा रहेको बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।
माघ १ गतेदेखि पोखरा टे«डमलको पाँचौ तलामा व्यवसायीक रुपमा संचालन हुने प्रा.लिका अध्यक्ष खेम प्रसाद तिमिल्सिनाले जानकारी दिए । प्रा.लिको व्यवस्थापकमा राजेन्द्र तिमिल्सिना र कार्यकारी सेफमा दिपक बज्राचार्य रहेका छन् । ठुलो लगानीमा विभिन्न खानाका परिकार सहित संचालनमा आउने तयारी रहेको रेष्ट्रोले हाल ३० जनालाई रोजगारी समेत दिएको छ । यस्तै आगन्तुक पाहुनाका लागि ५ सय जनासम्म खाना खान मिल्ने, सानो कार्यक्रमहल लगायतको समेत व्यवस्था रहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-