बेनी: म्याग्दीको रघुगंगा गाउँपालिका-१ बेगमा सोमबार साँझ जिप दुर्घटनामा मृत्यु हुनेकाे संख्या चार पुगेको छ। बेनीदेखि बेगको सिम जाँदै गरेको ग१ज ७२५१ नम्बरको जिप औलामा दुर्घटना हुँदा अन्य चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालय माग्दीले जनाएको छ।
दुर्घटनामा ३० वर्षीया गौमाया विक, करिब ३५-४० वर्षीय दुढबहादुर थापा, करिब २५-३० वर्षीया खिमु पुन र करिब ४५-५० वर्षीय खिमानन्द शर्माको मृत्यु भएको प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले जानकारी दिए।
मृतक र घाइते सबै बेगका हुन्। गौमाया रघुगंगा गाउँपालिका-१ बेगकी निर्वाचित वडा सदस्य हुन्। जिपका चालक दुढबहादुर र गौमायालाई उपचारका लागि बेनी ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।
खिमु र खिमानन्दको घटनास्थलमै मृत्यु भएको हो। ५४ वर्षीय बलबहादुर विक, २३ वर्षीय मनोज पुन, २० वर्षीय भिम फगामी र ३० वर्षीय ज्ञानबहादुर शेरपुञ्जालाई बेनी अस्पतालले मणिपाल शिक्षण अस्पताल पोखरा रिफर गरेको छ।
प्रहरीका अनुसार जिप सडकदेखि करिब तीन सय मिटर तल खसेको थियो। स्थानीयबासी र सुरक्षाकर्मीको टोलीले घाइतेको उद्धार गरेका थिए। दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायव निरीक्षक गुरुङले बताए।



























प्रतिक्रिया लेख्नुहोस्:-