मोरङ । कटहरी गाउँपालिका ५ बस्ने ४० वर्षीय राजेन्द्र उराउको आफ्नै आमा र बहिनीको कुटपिटबाट आइतबार राति मृत्यु भएको छ ।
कुटपिटमा सम्लग्न रहेका ५५ बर्षीय बातियो उराव र ३० बर्षीय रिता उरावलाई पक्राउ गरिएको छ ।
गत मंसिर ११ गते राजेन्द्रले मादक पदार्थ सेवन गरी बादबिबाद हुँदा आमा र बहिनीले बाँसको लाठीले टाउकोमा प्रहार गर्दा घाइते भएका राजेन्द्रको नोवेल अस्पताल बिराटनगर उपचारको क्रममा आज राती सवा १० बजे मृत्यु भएको थियो ।
थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।





























प्रतिक्रिया लेख्नुहोस्:-