२०८३ कार्तिक १३, बिहिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

गण्डकी प्रदेश स्वास्थ्य निती जारी ः आधारभुत स्वास्थ्य सेवा निःशुल्क

गण्डकी प्रेस
मंसिर ९, २०७८ ०७:४० मा प्रकाशित
प्रमुख समाचार, शिक्षा/स्वास्थ्य, समाचार, समाज
गण्डकी प्रदेश स्वास्थ्य निती जारी ः आधारभुत स्वास्थ्य सेवा निःशुल्क
33
SHARES
Share on FacebookShare on Twitter


पोखरा, गण्डकी प्रदेश सरकारले पहिलो पटक स्वास्थ्य निति निर्माण गरेको छ । सरकारको मन्त्रिपरिषदको बैठकले गण्डकी प्रदेश स्वास्थ्य निति २०७८ जारी गरेको हो । मुख्यतः हरेक स्वास्थ्य सस्थामा स्वास्थ्यकर्मी पुर्याउने उद्धेश्यका साथ नया स्वास्थ्य नितिमा एक चिकित्सक,स्वास्थ्यकर्मी एक सस्था निति अबलम्वन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारीले जानकारी दिनुभयो ।

मन्त्री अधिकारीका अनुसार यो स्वास्थ्य नितिले बिशेष गरि नेपालको राजनितिक परिबर्तनका लागि भएका जनयुद्ध, जनआन्दोलन,मधेश तथा थारुहट आन्दोलनका क्रममा भएका शहिद तथा बेपत्ता, घाईते अपाङ्गता भएका ब्याक्ति तथा परिवारको स्वास्थ्यको सुनिश्चित गर्ने उद्धेश्यले प्रदेश मातहतका अस्पताल मार्फत निःशुल्क उपचारको ब्यबस्था मिलाउने कुरा नितिमै उल्लेख गरिएको छ । त्यसैगरि आधारभुत स्वास्थ्य सेवालाई नागरीकको मौलिक हकको रुपमा स्थापित गरिसकेको सन्र्दभमा प्रदेशका जनताको स्वास्थ्य संबन्धी मौलिक हकलाई सुनिश्चित गर्दे कार्यान्वयन गर्ने दायित्व प्रदेश सरकारको हुने ब्यबस्था निति मार्फत गरिएको छ ।

संघियताको मर्म बमोजिम संघ र स्थानिय तह संग सहकार्य गर्दे समतामुलक गुणस्तरीय स्वास्थ्य सेवा प्रबाहमा आमनागरीककोे सर्बब्यापी पहुँच सुनिश्चित गर्ने कार्यको आरम्भ पनि प्रदेश स्वास्थ्य नितिले गरेको बताइएको छ । स्वास्थ्य बिमा लागु भएका अस्पतालहरुमा सार्वजनिक सुनुवाई कार्यक्रम लागु गरि स्वास्थ्य बिमालाई थप प्रभावकारी बनाउन संयन्त्र र्निमाण गरिने कुरालाई नितिमा जोड दिइएको छ ।

प्रदेश भित्र पाईने बिभिन्न जडिबुटीहरुलाई उत्पादन गर्न प्रोत्साहनकोे निति लिइएको छ । ब्याक्तिको आयआर्जनका लागि पनि जडिबुटी उत्पादन तथा प्रसारण लाई जोडेर लैजाने महत्वपुर्ण बिषय नितिमा राखिएको स्वास्थ्य मन्त्री अधिकारीले जानकारी दिनुभयो । प्रदेशलाई चाहिने स्वास्थ्यकर्मी तथा बिशिष्ट दक्ष जनशक्तिका लागि छात्रबृत्तिको ब्यबस्था मिलाईने कुरा नितिमा उल्लेख छ । गण्डकी प्रदेश पर्यटकहरुको प्रमुख गन्तव्य स्थल भएको अन्र्तराष्ट्रिय पर्यटकिय चिकित्सा केन्द्रको रुपमा स्थापना गर्दे पर्यटकमैत्रि स्वास्थ्य सेवा सुनिश्चित गर्ने, किशोरीका लागि आईरन लगायतका आबस्यक तत्वको उपलब्धता लगायतका बिषय पनि नितीमै राखिएको छ । त्यसैगरि सरकार द्धारा एक पालिकाः एक ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम लागु गरिनेछ ।

प्रदेश स्वास्थ्य निति २०७८का मुलभुत बिशेषता 

भौगोलिक, सामाजिक, साँस्कृतिक र आर्थिक परिवेशका साथै विद्यमान स्वास्थ्य सेवामा देखिएका समस्या, चूनौती र अवसरलाई मध्यनजर गर्दै सम्पूर्ण नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच, उपभोग र गुणस्तरियता कायम राख्नका लागि प्रदेश सरकारले देहाय बमोजिमका नीतिहरु अवलम्बन गरेको छ ।
१. निस्शुल्क आधारभूत स्वास्थ्य सेवा, आकस्मिक स्वास्थ्य सेवाको पहुँच बढाईने छ ।
२. प्रजनन स्वास्थ्य, बाल स्वास्थ्य, किशोरावस्थाको स्वास्थ्यमा सुधार गरी खोप र पोषण सेवालाई थप प्रभावकारी बनाउदै लगिनेछ ।
३. विशेषज्ञ र विशिष्टिकृत (मुटु, मृगौला, कलेजो, क्यान्सर र मानसिक रोग) स्वास्थ्य सेवाको विस्तार गरी गुणस्तरीय सेवामा सवैको पहुँच वृद्धि गर्दै लगिनेछ ।
४. मुख, नाक, कान, घाँटी र आँखा सम्बन्धी स्वास्थ्य सेवालाई वर्तमान स्वास्थ्य सेवा प्रणालीमा एकीकृत गरी सञ्चालन गरिनेछ ।
५.सिप मिश्रित, विशेषज्ञ र विशिस्टीकृत सहितको दक्ष जनशक्तिबाट सेवा दिईनेछ ।
६. स्वास्थ्य संस्थामा औषधी, औषधीरचिकित्साजन्य सामग्री तथा भ्याक्सीनको अटुट रुपमा आपूर्तिको व्यवस्था गरिनेछ ।
७. एक चिकित्सकरस्वास्थ्यकर्मी, एक संस्था नीति अबलम्बन गरिनेछ ।
८. आयुर्बेद तथा वैकल्पिक चिकित्सालाई प्रवर्दन गरिनेछ ।
९. गैरसरकारी, निजी, सामुदायिक, सहकारी साझेदारीको अवधारणा अवलम्बन गरिनेछ ।
१०. स्वास्थ्य प्रणालीमा सुशासन कायम गरिनेछ ।
११. स्वास्थ्य योजनालाई तथ्य परक बनाईने छ र योजना बनाउन स्वास्थ्य अनुसन्धानलाई जोड दिएनेछ ।
१२. पूर्ण डिजिटल अभिलेख र प्रतिवेदन प्रणालीको विकास गरिनेछ ।
१३.स्वास्थ्य सेवामा लगानी वृद्धि गर्दै स्वास्थ्य उपचारमा नागरिकको व्यक्तिगत खर्च क्रमशः घटाउँदै लगिनेछ ।
१४. स्वास्थ्य बिमा कार्यक्रमलाई सुदृधीकरण गर्दै गुणस्तरीय बनाउदै लगिनेछ ।
१५. मेडिकल पर्यटनको नीति अवलम्बन गरिनेछ ।
१६. विपद तथा महामारीजन्य रोगको नियन्त्रण गर्ने तथा रोकथाम गरिनेछ ।
१७. मानसिक रोग, नसर्ने रोग, जलवायु परिवर्तनद्वारा सिर्जित रोगको रोकथाम, नियन्त्रण र उपचारका लागि प्राथमिकता दिईनेछ ।
१८. बढ्दो शहरीकरण, आन्तरिक तथा बाह्य बसाईसराई जस्ता विषयहरुको समयानुकुल व्यवस्थापन गर्दै यस बाट हुने जनस्वास्थ्य सम्बन्धि समस्या समाधान गरिनेछ ।

सम्बन्धित समाचार

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?
प्रमुख समाचार

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ
अपराध

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ
अपराध

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती
प्रमुख समाचार

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर
अपराध

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे
प्रमुख समाचार

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने  माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

चर्चित खबरहरु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

Privity of Contract and its Specifications with Reference to Nepal

Reformative Approach of Punishment : Critical Study of Theory and Legal Framework in Nepal 

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ

पर्वत  काङ्ग्रेस  वृत्तमा तरङ्ग २३ वर्षीय सुवेदी खुल्लाबाट प्रदेश महाधिवेशन प्रतिनिधि भिड्दै

पर्वत  काङ्ग्रेस  वृत्तमा तरङ्ग २३ वर्षीय सुवेदी खुल्लाबाट प्रदेश महाधिवेशन प्रतिनिधि भिड्दै