पोखरा । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत कास्की जिल्ला उपसभापतिमा रंगीला पौडेल आचार्यले उम्मेदवारी घोषणा गरेकी छन् । हाल जिल्ला सहसचिव रहेकी उनले उपसभापतिमा उम्मेदवारी दिने सामाजिक सञ्जाल मार्फत घोषणा गरेकी हुन् ।
उनले अग्रज नेताहरुको सल्लाह, सुझाव , समकालिन साथीहरुको भावनाको कदर र अनुजहरुको इच्छा बमोजिम नेपाली कांग्रेस कास्कीको उपसभापति पदमाआँफूलाई प्रस्तुत गरेको उल्लेख गरेकी छन् । कांग्रेसमा सवल र सक्षम नेतृत्वका लागी आफ्नो उमेद्वारी रहेको उनले बताइन् ।
हालै कास्की क्षेत्र नं २ को महिलातर्फबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी पौडेलले विगतमा जस्तै माया र सद्भाव सहित सहयोगका लागी क्षेत्रिय प्रतिनिधीलाई मतदानगर्न लागी आग्रह गरेकी छन् ।
लामो समयदेखि नेपाली काँग्रेसको विभिन्न संगठनमा क्रियाशील छन् । सामाजिक कार्यसमेत गर्दै आएकी उनले गत वर्ष कोरोना महामारीको समयमा विपन्न वर्गलाई खाद्यान्न सहयोग गरिन ।



























प्रतिक्रिया लेख्नुहोस्:-