पोखरा नाटक घरमा मङ्सिर १ देखि नाटक “चरणदास चोर” प्रदर्शन भएको छ । मंसिर ५ गतेसम्म ५ सय भन्दा धेरैले नाटक हेरिसकेको निर्देशक निश्चल विमलले जानकारी दिए । रेनेसा थिएटरको प्रस्तुतिमा विश्व प्रख्यात नाटक “चरणदास चोर” प्रदर्शन भैरहेको नाटकका निर्देशक निश्चलले जानकारी दिए ।

नाटक चरणदास चोरलाई भारतका प्रख्यात नाट्य निर्देशक तथा कलाकार हविव तनविरले सन् १९७५ मा लेखेका हुन्। यस नाटकलाई नेपाली नाट्य निर्देशक तथा रंगकर्मी आशान्त शर्मा अनुवाद गरेको हुन्। उक्त नाटकलाई हास्यचेत तथा संवेदनाले भरिपूर्ण मानिन्छ। भारतीय लेखकले लेखेको भए पनि उक्त नाटकमा नेपाली समाजमा चल्तीमा रहेका चरित्र तथा व्यवहारहरूको उठान रहेका कारण ‘चरणदास चोर’ नै आफूहरूको रोजाइमा परेको निर्देशक विमलको भनाइ छ। नाटक मंसिर १४ गतेसम्म चल्दै छ ।

पोखरा थिएटर गैह्रापाटनमा मञ्चन भैरहेको नाटकमा शरद, ध्रुवराज पौडेल, सरोज तिवारी, रोशनी रामदाम, सुमन तिमिल्सिना, उज्वलराज ढकाल, गौरव पौडेल, रमेशबाबु तिमिल्सिना, मनोज सुनार, एम।डी माफ्ले, नौर क्षेत्री, सुशील बराल, आदित भुजेल, विवेक मन, एलिसा, सुविना श्रेष्ठ लगायतका कलाकारहरूले अभिनय गर्दै छन्।






























प्रतिक्रिया लेख्नुहोस्:-