काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानुन व्यवसायीले गृहमन्त्री बालकृष्ण खाँणको पनि राजीनामा मागेका छन् ।
आज सर्वोच्च अदालत परिसरमा प्रदर्शनमा उत्रिएका उनीहरूले दंगा प्रहरीले हस्तक्षेप गरेको भन्दै गृहमन्त्रीको पनि राजीनामा मागेका हुन् ।
प्रहरीले सर्वोच्च परिसरमा प्रदर्शन रोक्न खोजेको थियो । त्यसपछि वकिलहरूले प्रहरीविरुद्ध पनि नाराबाजी गरे । डिउटीमा खटिएका डीएसपीले आफूहरूविरुद्ध नाराबाजी नगर्न भन्दै माइकिङ गरेपछि वकिलहरू थप आक्रोशित भएका हुन् । त्यसपछि उनीहरूले गृहमन्त्री समेतको राजीनामा माग्दै नाराबाजी गरेका छन् ।
नेपाल बार एसोसिएसनको अगुवाइमा कानुन व्यवसायी आन्दोलित छन् । पछिल्लो समय विभिन्न प्रकरणमा प्रधानन्यायाधीश जबराको नाम मुछिएको भन्दै नेपाल बारले उनको बहिर्गमनको माग गरेको हो ।





























प्रतिक्रिया लेख्नुहोस्:-