पोखरा ३ मंसिर। नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) कास्कीमा पार्टी सदस्यको संख्या १० हजार ३८३ पुगेको छ । माओवादीले सदस्यता नविकरणको काम सकेर वडा र पालिका अधिवेशनको अन्तिम तयारीमा जुटेको छ ।
अधिल्लो वर्षमा भन्दा यस वर्षमा कास्कीमा लगभग २ हजार सदय थपिएको छन् ।
राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको माओवादीले निर्धारित मितिभित्र पोखरा महानगरपालिका र चार गाउँपालिकामा गरी सो संख्यामा पार्टी सदस्यता नविकरण भएको पार्टी केन्द्रीय सदस्य एवं कास्की जिल्ला इन्चार्ज राजकाजी गुरुङ(करण)ले जानकारी दिए । यसअघि जिल्लामा माओवादीका ८ हजार २०० पार्टी सदस्य थिए ।
कास्कीका रुपा गाउाँपालिकामा सबैभन्दा थोरै सदस्य रहेका छन् । पोखरा महानगपालिकामा सबैभन्दा धेरै सदस्य रहेका गुरुङले जानकारी दिए ।
जिल्ला इन्चार्ज करणले पार्टीमा युवा, महिला र उत्पीडित समुदायको आकर्षण बढेको बताए । उनले भने “हाम्रो पार्टीमा पछिल्लो समय आकर्षण बढेको छ । महिला, दलित, युवा लगायतको पार्टी कमिटीमा प्रतिनिधित्वको ग्यारेन्टी विधानमा भएपछि माओवादी रोज्ने बढेका छन् ।”
भोली ७२ वडामा अधिवेशन
माओवादी कास्कीले मंसिर ४ गते शनिबार जिल्लाका ७२ वटै वडामा एकैसाथ अधिवेशन गर्ने भएको छ । पार्टी केन्द्रले तोकेको मितिमानै सबै वडाको अधिवेशन सम्पन्न गरिने र सम्पूर्ण तयारी पूरा भएको पार्टी केन्द्रीय प्रतिनिधि एवं पोखरा महानगर इन्चार्ज दीपक कोइरालाले बताए ।
उहाँका अनुसार सबै वडामा सर्वसम्मत नेतृत्व चयन गरिनेछ । सर्वसहमति नभएकाको हकमा निर्वाचनका प्रक्रिया समेत अवलम्बन गर्न सकिने नेता कोइरालले जानकारी दिए ।
नेता कोइरालाले पार्टीले लिएको विचार र कार्यक्रमका कारण फेरी माओवादीमाथि आकर्षण बढिरहेको बताए । उनले भने,“अहिले पनि देशको समग्र राजनीति माओवादी केन्द्रकै एजेण्डको वरिपरि घुमेको छ । वडा, पालिका र राष्ट्रिय सम्मेलनपछि माओवादी देशको पहिलो शक्ति बन्ने गरी नयाँ उत्साहका साथ जनतामा जानेछ । ”
मंसिर ४ गतेको माओवादीको वडा सम्मेलनको देशभर एकैपटक विहान ११ बजे अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले भर्चुअल रुपमा गर्ने कार्यक्रम रहेको छ।
प्रत्यक १ वडामा ४५ जनाको कमिटी बन्ने छ । यस लगतै मंसिरमा नै पालिकाको अधिवेशन पनि हुने केन्द्रको निर्णय रहेको छ ।





























प्रतिक्रिया लेख्नुहोस्:-