पोखरा। गण्डकी प्रदेश सरकारले कर्मचारी सूचना प्रणाली लागु गरेको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उक्त प्रणालीको सुरुआत गरे । एकीकृत विवरण कर्मचारीको सरुवा बढुवा एकरुपता नदेखिएको भन्दै अबका दिनमा यो समस्या नआउने विश्वास उनले व्यक्त गरे ।
प्रदेशस्तरमा रहेका सबै कर्मचारीको यथार्थ विवरण राख्नका यो प्रणाली लागु गरिएको प्रमुख सचिव डा। दामोदर रेग्मीले बताए । उक्त प्रणालीमा कर्मचारीको पद विवरण, तह विवरण, सेवा, समूह, जिल्लामात्र नभएर सरुवा पत्र र टिप्पणि पत्रको ढाँचा समेत उल्लेख छ । गण्डकी प्रदेशमा करिब ३ हजार कर्मचारीको दरबन्दी छ । तीमध्ये २ हजार मात्र पुर्ति भएको छ । डा। रेग्मीले भने,‘कर्मचारीको सरुवा, बढुवा मात्र नभई कारवाही र पुरस्कारका लागि पनि यो प्रणाली सहयोगशिद्ध हुन्छ ।’ ७ प्रदेशमध्ये गण्डकीका यो प्रणाली पहिलोपटक लागु भएको उनले दाबी गरे ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८



























प्रतिक्रिया लेख्नुहोस्:-