पोखरा – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै पोखराका कानुन व्यवसायीले प्रदर्शन गरेका छन्।
जिल्ला अदालत कास्की र उच्च अदालत पोखरामा कानुन व्यवसायीले आइतबार दिउँसो ११ देखि १२ सम्म १ घण्टा काटोपट्टी बाँधेर प्रदर्शन गरेका थिए। पछिल्लो समय जबरा विपक्षमा कानुन व्यवासयीले चौतर्फी विरोध गर्दै आएका छन्।
न्यालयलाइ शुद्व बनाउनको लागि केन्द्रले आयोजना गरेको कार्यक्रममा कास्कीले सहयोग गरेको कास्की जिल्ला बार एशोसियशन का अध्यक्ष नारायण प्रसाद शर्माले बताए । शर्माले न्यलायलाइ शुद्व बनाउन लागि बारले यस्तो कदम चालेको बताए । शर्माले सर्वोच्च अदालतमा मात्र नभएर जिल्ला र उच्च अदालतमा पनि न्यायपालिका शुद्व नभएको दावी गरे ।
कार्यक्रममा कास्की बारका पुर्व अध्यक्ष अधिबक्ता कमल प्रसाद अर्याल, अधिबक्ता भगवती पहारी, अधिबक्ता गोबिन्द पौडेल, वरिष्ठ अधिबक्ता हरि प्रसाद सुवेदी, नेपाल बार एशोसियशन को केन्द्रीय सदस्य कल्पना कुमारी भण्डारी लगायतले भनाइ राखेका थिए ।
अदालतभित्रको विकृति, विसंगति, भ्रष्टाचार विचौलिया र दलालीको विरुध्दमा स्वच्छ,स्वतन्त्र निर्भिक निश्पक्ष भ्रष्टाचार रहित गरिमामय न्यायालय र न्यायालयमा कानुको शासन, विधि पधती, सुसासन कायम गराउने उदेश्यका साथ सुरु भएको विरोध अभियान कार्यक्रम तीन दिनसम्म जारी रहने भनी कास्की जिल्ला बार एशोसियशन का सदस्य अधिबक्ता बिमल प्रसाद लामिछानेले बताए । यस कार्याक्रम मंगलबार सम्म निरन्तर हुने उनले बताए ।






























प्रतिक्रिया लेख्नुहोस्:-