२०८३ साउन ३, आइतवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

देवघाट क्षेत्रलाई धार्मिक पर्यटन र वैदिक शिक्षा अनुसन्धानको केन्द्र बनाउँछौं : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रेस
कार्तिक २६, २०७८ ०७:५८ मा प्रकाशित
प्रमुख समाचार, राजनिती, समाचार, समाज
देवघाट क्षेत्रलाई धार्मिक पर्यटन र वैदिक शिक्षा अनुसन्धानको केन्द्र बनाउँछौं : मुख्यमन्त्री पोखरेल
13
SHARES
Share on FacebookShare on Twitter

देवघाट(तनहुँ), २६ कात्तिक । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शिक्षालाई प्रभावकारी र जीवनोपयोगी बनाउन ३ तहकै सरकारले सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताएका छन् । तनहुँको देवघाट गाउँपालिका ५ स्थित बज्रयोगिनी माविको ६१ औं वार्षिकोत्सव समारोहमा मुख्यमन्त्री पोखरेलले प्रदेश शिक्षा क्षेत्रमा देखिएका द्विविधा हटाएर थप प्रभावकारी रुपमा अगाडि बढ्न प्रदेश सरकार लागिरहेको बताएका हुन् ।
भूकम्प पुनर्निमाण प्राधिकरणले विद्यालयका लागि बनाइदिएको ४ कोठे भवनको उक्त अवसरमा मुख्यमन्त्रीले उद्घाटन गरेका छन् ।
पूर्व प्राथमिक तहदेखि नै विद्यार्थीहरुलाई आकर्षित गर्ने खालका विषयवस्तु समावेश गरी व्यावहारिक र रोजगारमुखी शिक्षाको विकासका लागि विज्ञहरुको सल्लाह र सुझाव समेट्दै प्रदेश सरकारले शिक्षा नीति ल्याइसकेको उनले बताए । उनले भने, ‘माध्यमिक तहसम्मको शिक्षाको जिम्मा स्थानीय तहलाई छ, पालिकासँगको सहकार्यमा प्राथमिकता र आवश्यकताका आधारमा प्रदेश सरकारले शिक्षा क्षेत्रमा काम गर्दै जानेछ ।’
देवघाट क्षेत्रमा नागरिकले प्रदेश सरकारबाट धेरै अपेक्षा राखेको भन्दै उनले पूण्यभूमि देवघाटको विकासमा प्रदेश सरकारले कुनै कसर नराख्ने बताए । गण्डकी प्रदेशको विकासको आधार भनेकै त्रिवेणी, देवघाट हुँदै मुक्तिनाथ हो भन्दै, कालीगण्डकी करिडोर र शालिग्राम मार्गलाई पूर्णता दिने गरी काम भइरहेको जानकारी उनले गराए । धार्मिक पर्यटन, शिक्षा र अनुसन्धानको थलोका रुपमा देवघाटलाई अगाडि बढाउन प्रदेश सरकारले सघाउनले प्रतिबद्धता पनि उनले जनाएका छन् ।
विगतका समयमा बाटोघाटो र पुल नहुँदा समस्या भए पनि अब दासढुंगाबाट प्रवेश गरेर गैंडाकोट निस्कनका लागि संघ सरकारको लगानीमा नारायणीमा पुल बन्दै गरेको र जुक्ति खोलमा प्रदेशकै लगानीमा पुल राख्न लागिएको समेत उनले बताए । मुख्यमन्त्री पोखरेलले भने, ‘पुल थिएन, बाटो थिएन, कनेक्टिभिटी थिएन, अब त्यो समस्या हल हुँद्यै गएको छ ।
देवघाटमा लामो समयदेखि सुकुम्वासी समस्या रहेको बारे आफू जानकार रहेको भन्दै यो सरकारले भूमिहीनलाई लालपूर्जा दिलाइछाड्ने प्रतिबद्धता जनाए । पहिला सूचना प्रविधिको प्रयोग कम हुँदा भूमिपतिहरुले पनि सुकुम्वासीका नाममा जग्गा लिने परिपार्टी भए पनि अब त्यो गल्ती नदोहोरिने उनको भनाइ थियो । कसको नाममा कहाँ र कति जमिन छ भन्ने कुरा अब मालपोतको प्रणालीमै देखिने भएकाले अब वास्तविक सुकुम्वासीले मात्रै जग्गा पाउने बताए ।
प्रदेशले सिमित बजेटका बीच पनि आफूलाई अगाडि बढाइरहेको भन्दै नागरिकलाई महसुस हुने गरी काम गरिरहेको उनले बताए । पाठेघर र स्तन क्यान्सरको निशुल्क उपचार, कोभिडले अभिभावक गुमाएका बालबालिकालाई शिक्षाका लागि मासिक ५ हजार रुपैयाँ दिनेगरी बजेट ल्याएको उनले दोहोर्‍याए । प्रदेशलाई सडक मानवमुक्त बनाउने अभियान, विपन्न वस्तीमा मुख्यमन्त्री कार्यक्रम, प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रमलाई प्राथमिकतामा राखेको मुख्यमन्त्री पोखरेलको भनाइ छ ।
अघिल्लो सरकारले लगाएका बहुवर्षे योजनाका ठेक्काका कारण यो सरकारले धेरै बजेट चलाउन नपाएको भन्दै तै पनि सालबसाली योजनालाई कटाएरै भए पनि नागरिकका अपेक्षा पूरा गर्नतिर आफूहरु लागेको उनले बताए । ‘अघिल्लो सरकारले थालेका कामको दायित्वबाट पन्छिन मिल्दैन, सरकारमा फेरिएको हो, प्रणाली उही हो, त्यही अनुसार हामी अगाडि बढेका छौं,’ उनले भने ।
कार्यक्रममा बिना विभागीय मन्त्री डोवाटे विश्वकर्मा, पूर्व उद्योगमन्त्री ढुन्डिराज शास्त्री, शिक्षा विकास तथा समन्वय इकाइ तनहुँका प्रमुख रमाकान्त पौडेलसहितले भनाइ राखेका थिए ।
मुख्यमन्त्री पोखरेलले बिहीबार साँझ नै देवघाटमा रहेका ३ वटा संस्कृत विद्यापीठको अवलोकन गरी त्यहाँको बस्तुस्थितिका बारेमा जानकारी लिएका छन् । महेश सन्यास आश्रम, गलेश्वर आश्रम र हरिहर सन्यास आश्रममा उनी पुगेको हुन् । ती विद्यापिठहरुले सञ्चालन गरेका शैक्षिक कार्यक्रम, उत्पादित जनशक्तिको खपत, भौतिक पूर्वाधार लगायत विषयमा मुख्यमन्त्रीले चासो देखाए । देवघाट क्षेत्रमा ११ वटा विद्यालयहरुमा संस्कृतको पढाइ हुने र अहिले देश विदेशबाट समेत यो विषय अध्ययनका लागि चासो दिएर छात्रा छात्रा आउने गरेको सञ्चालकहरुले बताएका छन् । सबैजसो पीठहरुमा छात्रछात्रालाई आवास, भोजन र शिक्षाको निशुल्क प्रबन्ध छ । मुख्यमन्त्री पोखरेलले विद्यापीठहरुको स्तरोन्नति र भौतिक पूर्वाधारका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

अवैध लागूऔषध सहित ५ जना पक्राउ

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

रसिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

बर्डफ्लुका कारण ११ वर्षिया बालकको मृत्यु

पोखरा १९ पुरचौरमा पहिरोमा परि ७ जनाको मुत्यु

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

मेयर प्रेमलालको सट्टामा एसईई दिंदै गरेका कमल साह पक्राउ

एमाले नेता प्रदीपको देउवाप्रति खरो प्रहार, पहिले श्री ५ ले अहिले श्रीमान ५ ले प्रधानमन्त्री बनाए

एमाले नेता प्रदीपको देउवाप्रति खरो प्रहार, पहिले श्री ५ ले अहिले श्रीमान ५ ले प्रधानमन्त्री बनाए

२ करोडको लगानीमा पोखरामा क्लासिक चुलो

२ करोडको लगानीमा पोखरामा क्लासिक चुलो

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिए

सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिए