२०८३ साउन ३, आइतवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सवारी दुर्घटनामा परी २५ जनाको मृत्यु

गण्डकी प्रेस
कार्तिक २१, २०७८ १६:४२ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
त्रिशुलीमा ट्रक खस्दा सवारी चालक बेपत्ता
20
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं २१ कात्तिक । सल्यान, मकवानपुर, मोरङ, सर्लाही, महोत्तरी, झापा, सुनसरी र ताप्लेजुङका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २५ जनाको मृत्यु भएको छ ।

सल्यान, कपुरकोट गाउँपालिका ५ खारखोलास्थित सडकमा सल्यान खलंगाबाट दाङ तुलसिपुरतर्फ जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस सडकदेखि अन्दाजी २ सय मिटर तल खसेर आइतबार दिउँसो दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । दुर्घटनामा ९ जनाको घटनास्थलमै र ३ जनाको उपचारको क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सल्यान, ईलाका प्रहरी कार्यालय लुहाम, प्रहरी चौकी कपुरकोट तथा सशस्त्र प्रहरी बलबाट खटिएको संयुक्त टोलीले दुर्घटनामा घाइते भएका बसमा सवार अन्य २८ जनालाई उद्दार गरी उपचारको लागि जिल्ला अस्पताल, शारदा मेट्रो अस्पताल, कान्तिपुर अस्पताल र परोपकार अस्पतालतर्फ पठाइएको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका १९ बस्तिपुरस्थित सडकमा बागमती प्रदेश ०३- ००१ ख ०९३६ नम्बरको बसको ठक्करबाट सोही उपमहानगरपालिका १९ नेवारपानी बस्ने २० वर्षीय सुरज बिष्ट र चितवन पिप्ले ३ बस्ने ३४ वर्षीय प्रेम बहादुर सिंह ठकुरीको शनिबार राति मृत्यु भएको छ । बाटोको छेउमा रहेको घरमा देउसी भैलो खेलिरहेको अवस्थामा उक्त बसले ठक्कर दिँदा गम्भीर घाइते भएका उनीहरुको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै उक्त बसको ठक्करबाट घाइते भएका अन्य ५ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने सोही बसको ठक्करबाट बा ७७ प ६८५० र बा ६५ प ३३२७ नम्बरको मोटरसाइकलमा समेत क्षति भएको छ । उक्त बिषयलाई लिएर आक्रोसित भिडले बसमा तोडफोड तथा आगजनी गर्दा बस पूर्णरुपमा क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले भिडलाई सम्झाई बुझाई गर्नुका साथै प्रहरी माथी ढुङगा प्रहार गरी बाटो अवरोध गराउन संलग्न १ जना र बस चालकलाई समेत नियन्त्रणमा लिएको छ ।

मोरङ, केराबारी गाउँपालिका ९ बेलचौरीस्थित भित्री सडकमा को ४० प १७२७ नम्बरको मोटरसाइकल र बा १० च ४३०० नम्बरको स्कारपियो एक-आपसमा ठक्कर खाई शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक लेटाङ नगरपालिका २ बस्ने ३० वर्षीय कमल कार्की र मोटरसाइकलमा सवार मोरङ पथरी बस्ने ५५ वर्षीय कुल बहादुर सुबेदीको घटनास्थलमै र मोटरसाइकलमा सवार लेटाङ नगरपालिका २ बस्ने ४५ वर्षीया सिता कार्कीको घोपा अस्पताल धरानमा उपचारको क्रममा मृत्यु भएको हो । स्कारपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी मोरङ, ग्रामथान गाउँपालिका २ झङ्ग्राहीस्थित सुखानी खोलाको पुलबाट को १२ प १६७० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई पुलबाट सुखानी खोलामा खस्दा मोटरसाइकल चालक कटहरी गाउँपालिका ५ बस्ने २१ वर्षीय आशिष सरदारको आइतबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।

यसैगरी मोरङ, रंगेली नगरपालिका ६ पिपलस्थित सडकमा साईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा साईकलयात्री सुनवर्षी नगरपालिका ६ पटियापाडा बस्ने ३० वर्षीय सत्रुघन साहको शनिबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि रंगेली अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

सर्लाही, बागमती नगरपालिका १२ स्थित सडकमा स १० प ४०७९ नम्बरको मोटरसाइकल र बा ५५ प १५७८ नम्बरको मोटरसाइकल एक(आपसमा ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा स १० प ४०७९ नम्बरको मोटरसाइकलमा सवार चन्द्रपुर नगरपालिका ४ बस्ने ४० वर्षीय सुशिल काफ्लेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्मैया मोडेल अस्पताल हुँदै चपुर अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार अन्य ३ जनाको कर्मैया मोडेल अस्पतालमा उपचार भइरहेको छ ।

महोत्तरी, गौशला नगरपालिका ४ रजखोरस्थित सडकमा हाल नम्बर नखुलेको ट्याक्टरमा देउसी भैलो खेल्दै रजखोरबाट रामनगरतर्फ जाने क्रममा ट्याक्टरबाट लडेर गौशाला नगरपालिका ४ रजखोर बस्ने २२ वर्षीय अजय रानाको शनिबार राति मृत्यु भएको छ । लडेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर र चालकको प्रहरीले खोजी गरिरहेको छ ।

झापा, मेचीनगर नगरपालिका १३ तेलिबारीस्थित सडकमा प्रदेश १-०४- ०१४ प ३३४५ नम्बरको मोटरसाइकल र प्रदेश १-०४-००१ प ३९९५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा प्रदेश १-०४-०१४ प ३३४५ नम्बरको मोटरसाइकलमा सवार मेचिनगर नगरपालिका-८ बस्ने १८ वर्षीय अभिषेक श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सुनसरी, कोशी गाउँपालिका ८ भण्टाबारी चोकस्थित सडकमा प्रदेश न १-०१-००१ ख ३५३० नम्बरको बसले हाल नम्बर नखुलेको मोटरसाइकललाई आइतबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३० वर्षीय अल्ताप मिया र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ३० वर्षीय गियासुदिन मियाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको जिल्ला अस्पताल ईनरुवा हुँदै न्यूरो अस्पताल बिराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ताप्लेजुङ, मैवाखोला गाउँपालिका ४ मिल्केस्थित सडकमा प्र १-००१ झ ०२२४ नम्बरको एम्बुलेन्स सडकदेखि अन्दाजी ६० मिटर तल खसेर शनिबार राति दुर्घटना हुँदा एम्बुलेन्समा सवार सोही ठाउँ बस्ने १६ वर्षीया हेमकला लिम्बुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारको लागि धरानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका एम्बुलेन्स चालक लगायत ६ जनालाई उपचारको लागि धरानतर्फ पठाइएको छ ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

अवैध लागूऔषध सहित ५ जना पक्राउ

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

रसिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

बर्डफ्लुका कारण ११ वर्षिया बालकको मृत्यु

पोखरा १९ पुरचौरमा पहिरोमा परि ७ जनाको मुत्यु

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

मेयर प्रेमलालको सट्टामा एसईई दिंदै गरेका कमल साह पक्राउ

एमाले नेता प्रदीपको देउवाप्रति खरो प्रहार, पहिले श्री ५ ले अहिले श्रीमान ५ ले प्रधानमन्त्री बनाए

एमाले नेता प्रदीपको देउवाप्रति खरो प्रहार, पहिले श्री ५ ले अहिले श्रीमान ५ ले प्रधानमन्त्री बनाए

२ करोडको लगानीमा पोखरामा क्लासिक चुलो

२ करोडको लगानीमा पोखरामा क्लासिक चुलो

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिए

सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिए