पोखरा २१ कात्तिक । हिन्दु धर्मको मुख्य चार्ड दशै तिहार हो । पछिल्ला केही वर्षमा हिन्दुले मात्र नभएर अन्य धर्मका मानिसले पनि दशैं वा तिहारको टिका लगाएका छन् ।

चार्डपर्व कुनै धर्ममा मात्र सिमीत नहुने भन्दै पोखराका कुर्बान अलि खानले भाइ टिका लगाएका छन् । पोखरामा बस्दै आएका कुर्बान अलि खानले पोखरा ७ मासबारकी अन्जु बराल संग टिका लगाएका हुन् । अलिले मुस्लीम धर्मले हिन्दुले जसरी टिका लगाउन नमिल्ने भएपनी नेपालमा भएपछी नेपाली संस्कृती जोगाउनको लागि आफुले टिका लगाएको बताए ।

उनले मुस्लिम समुदायले टिका लगाउदा गलत नहुने भन्दै नेपालको राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले दशैको टिका लगाएको उद्दहारण दिए । आगामी वर्षमा पनि निरन्तर टिका लगाउने खानले बताए ।





























प्रतिक्रिया लेख्नुहोस्:-