- पबित्रा खत्री, म्याग्दी। अष्ट्रेलियामा रहेका म्याग्देली चेलीले भाईटिकाको अवसरमा नेपाल बाल संगठनद्धारा बेनीमा सञ्चालित म्याग्दी बालगृहका बालबाललिकाहरुलाई भोजन र सामुहिक रुपमा भाईटिका लगाइदिएका छन् ।
निम्नस्तरका बालबालिका, महिलालाई सहयोग तथा सामाजिक अभियान सञ्चालन गर्ने गरी हालै स्थापना भएको उई केयर एण्ड लभ फाउण्डेशनमार्फत बालगृहमा आश्रित १३ जना बालबालिकालाई चाडपर्वमा आफन्तको सम्झना भुलाउन सहयोग तथा सामुहिक टिका ग्रहण कार्यक्रम राखिएको संस्थाका बेनी प्रतिनिधि उपेन्द्र गिरीले बताउनुभयो ।
‘सामुहिक भाईटिकाले पारीवारीक बाताबरण बनेको छ,‘यहाँ हरेक दिन घरमै बसेजस्तै वातावरण बनाउन हामीले मेहनत गरिरहेका छौ’ अध्यक्ष शाक्यले भने । यसअगाडी समेत ले बालगृहमा हरेक बालबालिकालाई एक÷एक थानका दरले ब्लाङ्केट हस्तान्तरण गरेको थियो । बोतलको पुनः प्रसोधन गरी विक्रीबाट संकलन भएको आर्थिकबाट पहिलो समाजिक कार्यको शुभारम्भ गरिएको संस्थाले बेनपा ६ बगुवाखोलामा रहेको बालजागृति आधारभुत विद्यालयमा रहेका बौद्धिक अपाङ्ता भएका बालबालिकालाई सहयोग गरेको थियो । रोजगार, ब्यापार तथा शिक्षाका लागि अष्ट्रेलियामा रहेका म्याग्देली चेलीले सामाजिक कार्यका लागि संस्थाको स्थापना गरेका छन् । सहयोग हस्तान्तरण कार्यक्रमको सञ्चालन संगठनका कार्यसमिति सदस्य नरेश श्रेष्ठले गर्नुभएको थियो।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८






























प्रतिक्रिया लेख्नुहोस्:-