२०८३ साउन ३, आइतवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मुख्यमन्त्री पोखरेल गृहजिल्ला भ्रमणमा

क्षयरोग रिफरल सेन्टर, स्वास्थ्यचौकी उद्घाटन

गण्डकी प्रेस
कार्तिक १८, २०७८ १०:०३ मा प्रकाशित
प्रमुख समाचार, राजनिती, समाचार, समाज
मुख्यमन्त्री पोखरेल गृहजिल्ला भ्रमणमा
10
SHARES
Share on FacebookShare on Twitter

नवलपुर, १८ कात्तिक । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल बुधबार दिनभर गृहजिल्लाका कार्यक्रममा व्यस्त रहे । मुख्यमन्त्री पोखरेलले मध्यबिन्दु जिल्ला अस्पतालमा निर्मित क्षयरोग पे्रषण केन्द्र भवनको उद्घाटन गरेका छन् ।

जटिल प्रकारका क्षयरोग पे्रषण केन्द्रको भवन नयाँ जीवनका लागि हातेमालो र दामियन फाउन्डेसन बेल्जियम नेपालको १ करोड २६ लाख लागतमा निर्माण गरिएको हो । हाल १५ बेड रहेकामा छिटै नै २५ बेडको बनाइने दामियन फाउन्डेसनका नेपाल प्रमुख डा। सुशील कोइरालाले जानकारी दिए ।

उक्त अवसरमा मुख्यमन्त्री पोखरलले प्रदेशवासीको स्वास्थ्यका लागि सरकार संवेदनशील रहेको भन्दै क्षमता अनुसारका कार्यक्रम अगाडि सारेको भनाइ राखे । प्रदेशका बासिन्दालाई कोरोनाविरुद्धको खोप दिलाउनका लागि सरकारले १ अर्ब विनियोजन गरे पनि प्रदेशले सिधै खरिद गर्ने अवस्था नरहेकाले संघकै भर पर्नु परेको भनाइ उनले राखे । संघसँगकै सहकार्यमा पर्याप्त खोप ल्याएर नागरिकलाई उपलब्ध गराइको र अब छिटै प्रदेश पूर्णखोपयुक्त हुने मुख्यमन्त्रीले बताए ।

पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सको उपचार निशुल्क घोषणा भइसकेको र अब प्रदेशमा रगतका लागि कुनै रकम नलाग्ने व्यवस्था गर्न लागिएको समेत उनले जानकारी गराए । मृर्गौला बिरामीहरु अहिले पनि डायलासिसका लागि पालो कुर्नुपर्ने अवस्था रहेको भन्दै उनले अब सबै बिरामीले तत्कालै डायलासिस गराउने प्रबन्ध सरकारले मिलाउन लागेको बताए ।

कार्यक्रममा गण्डकी प्रदेश सभा विधायन समिति सभापति विष्णु लामिछानेले स्वास्थ्य क्षेत्रमा हुँदै गएको सुधारप्रति सन्तोष व्यक्त गरे । ग्रामीण भेगमा अझै पनि क्षयरोगका बिरामी प्रशस्त रहेको थाहा पाउँदा दुख लागेको भन्दै उनीहरुको खोजबिन गरेर उपचार गराउनुपर्नेमा जोड दिए ।

गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या सचिव डा। विनोदबिन्दु शर्माले टिबी रिफरल सेन्टर स्थापनाले प्रदेशको स्वास्थ्य प्रणालीमा अभूतपूव काम भएको बताए । कम उमेरका व्यक्तिमा समेत टिबी देखिन थाल्नु भनेको समुदायस्तरमै रोग रहेको प्रमाण हो भन्दै सबै सरोकारवाला मिलेर बिरामीको खोजबिन गरी आइसोलेसनमा राख्नुपर्ने बताए ।

उक्त अवसरमा राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. प्रकाशकुमार साह, नवपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी, मध्यबिन्दु जिल्ला अस्पतालका मेडिकल सुपरीडेन्डेन्ट डा। वीरबहादुर थापालेसहितले भनाइ राखेका थिए ।

मुख्यमन्त्री पोखरेलले बुधबारै मध्यविन्दु नगरपालिका १,२ र ३ नम्बर वडामा सञ्चालित कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आठौं वार्षिक साधारणसभा उद्घाटन गरेका छन् । प्रदेशवासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउन सरकारले एक घर एक धारको अभियान सञ्चालन गरेको र यो अभियान अब छिटै पूरा हुने विश्वास व्यक्त गरे । कार्यक्रममा विधायन समिति सभापति विष्णु लामिछाने, प्रमुख जिल्ला अधिकारी मनमाया पंगनी, समितिका अध्यक्ष श्रीधर भट्टराईसहितले भनाइ राखेका थिए ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरलेलले मध्यबिन्दु नगरपालिका ४ मा निर्मित नारायणी स्वास्थ्य चौकीको उद्घाटन गरेका छन् । स्वास्थ्य चौकीमा दरबन्दी अनुसारका स्वास्थ्यकर्मी उपलब्ध गराई बर्थिङ सेन्टर सञ्चालनका लागि प्रदेश सरकारले पहल गर्ने प्रतिबद्धता उनले जनाए । वडाध्यक्ष पदमनारायण चौधरीले ४ नम्बर वडा मात्र नभएर आसपासका क्षेत्रका बासिन्दालाई समेत सेवा दिने गरी यो चौकी स्थापना गरिएको बताए ।

मुख्यमन्त्री पोखरेलले हुप्सेकोट गाउँपालिकाको पत्थरखोलास्थित जीण पुलको अवलोकन समेत गरेका छन् । पालिका अध्यक्ष लक्ष्मी पाण्डेको आग्रहमा उनले पुल अवलोकन गरेका हुन् । गाडी आउजाउ अत्यधिक हुने पुल बाढीले क्षति पुर्‍याएकोमा मर्मतका लागि अध्यक्ष पाण्डेले आग्रह गरिन् ।

कावासोतीमा रहेको कुमारवर्ती बहुमुखी क्याम्पसमा समेत मुख्यमन्त्री पोखरेलले बुधबारै अवलोकन गरेका छन् । सञ्चालक समिति अध्यक्ष महेन्द्रप्रसाद पोखरेल र क्याम्पस प्रमुख गुरुप्रसाद सुवेदीले क्याम्पसमा प्राविधिक शिक्षाका लागि कम्प्युटर अभाव भएकाले प्रदेश सरकारसँग सहयोगको अपेक्षा गरिएको बताए ।

मुख्यमन्त्रीको चाहाना स् त्रिवेणी – कोरोला कनेक्सन
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको लाइफलाइनका रुपमा परिचिन त्रिवेणी कोरोना कनेक्सनका लागि प्रदेश सरकारले हरसम्भव प्रयास गरेको बताए छन् । जिल्लका विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा उनले डेढगाउँदेखि झ्यालवास खण्ड डबल लेनको बनाउनका लागि ठेक्का लागिसकेको भए पनि दुम्कीबासदेखि त्रिवेणी खण्डमा नै अवरोध भएको भन्दै उनले यसको पनि समाधान खोजिने भनाइ राखे ।

चितवन राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रमा यो सडक खण्डको ८ किलोमिटर पर्छ । उनले भने, ‘दुम्किबासबाट त्रिवेणीका लागि हिजोको सरकारले पैसा छुट्यायो, निकुञ्जका कारणले काम गर्न सकेन, पैसा त जतिबेला पनि हामीसँग हुन्छ त्यसको लागि तर प्रक्रियामा लान पर्‍यो, निकुञ्जबाट त्यो क्षेत्र छुट्टिने बित्तिकै हामी काम थाल्छौँ, यो केन्द्र सरकारलाई भनेका छौँ, हिजोका मुख्यमन्त्रीले पनि भन्नुभएकै हो ।’
युनेस्को भनेर रोकियो भने सधैँ यसै बसिरहन नसकिने भन्दै उनले विकल्पमा सुरुङमार्ग समेत निर्माण गर्न सकिने भनाए राखे । सुरुङमार्गका लागि १८ देखि २० अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिए र संघ सरकारको समेत सहयोग लिएर काम गर्न सकिने भनाइ राखे । सुरुङ नभए फ्लाइ ओभर समेत निर्माण गर्नुपर्ने मुख्यमन्त्री पोखरेलले बताए । यसका लागि मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई मौखिक एवं लिखित रुपमा जानकारी समेत गराइसकेका छन् ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

अवैध लागूऔषध सहित ५ जना पक्राउ

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

रसिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

बर्डफ्लुका कारण ११ वर्षिया बालकको मृत्यु

पोखरा १९ पुरचौरमा पहिरोमा परि ७ जनाको मुत्यु

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

मेयर प्रेमलालको सट्टामा एसईई दिंदै गरेका कमल साह पक्राउ

एमाले नेता प्रदीपको देउवाप्रति खरो प्रहार, पहिले श्री ५ ले अहिले श्रीमान ५ ले प्रधानमन्त्री बनाए

एमाले नेता प्रदीपको देउवाप्रति खरो प्रहार, पहिले श्री ५ ले अहिले श्रीमान ५ ले प्रधानमन्त्री बनाए

२ करोडको लगानीमा पोखरामा क्लासिक चुलो

२ करोडको लगानीमा पोखरामा क्लासिक चुलो

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिए

सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिए