पोखरा । पोखरा महानगरपालिका १५ रामबजारमा रहेको तल्ले जनशक्ती टोल विकास समितिको अध्यक्षमा मनहरी सुवेदी चयन भएका छन् । टोल विकास संस्थाको चौथो अधिवेशनले उनलाई अध्यक्षमा चयन गरेको हो ।
त्यसैगरी उपाध्यक्षमा देवु कार्की, सचिव रेविका के।सी, सहसचिव मनिषा सुनार, कोषाध्यक्ष अम्विका ढकाल, सदस्यहरुमा चन्द्रमाया शेरचन, जमुना तामाङ, राजन गुरुङ, महिन गुरुङ, यमुना श्रेष्ठ र युवराज खत्री चयन भएको निर्वाचन समितिका संयोजक हरि कार्कीले जानकारी दिए ।
तल्लो जनशक्ती आमा समुहको अध्यक्षमा एलिना पराजुली चयन भएकी छन् । आमा समुहकोे उपाध्यक्षमा ओमकुमारी गुरुङ, सचिवमा कमला शाही, सहचिवमा मौसमी शाही, कोषाध्यक्षमा तारा ढकाल, सदस्यमा सुभद्रा सुवेदी, सुनिता सुनार, रेविका के।सी, कोपीला सुनार, बिष्णु खाड र दुर्गा ढकाल चयन भएका छन् ।
कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका १५ का जनप्रतिनिधी पार्वती कार्कीले टोल रचनात्मक एवं गुणात्मक रुपमा अग्र स्थानमा रहेको बताइन् । कार्यक्रममा सल्लाहकार सीता परियार, अर्जुन पौडल, दिपक लोहनी, श्रीराम आचार्य, सन्तबहादुर श्रेष्ठ लगायतले बोलेका थिए । कार्यक्रम संचालन सचिव रेविका श्रेष्ठले गरेकी थिइन् ।





























प्रतिक्रिया लेख्नुहोस्:-