पोखरा,इन्द्रेणी बचत तथा ऋण सहकारी संस्था लि छोरेपाटन १७ डेभिजफल पोखरा ले १४ औ वार्षिक साधरण सभा सिटि स्कावायर न्युरोडमा गरेको छ । सस्थाका अध्यक्ष सागर अधिकारीको अध्यक्षता कार्यक्रम भएको प्रमुख अतिथी वडा नम्बर १७ का अध्यक्ष तिर्थ राज अधिकारी ले गुप्तेश्वर गुफा डेभिजफल लगायतका क्षेत्रमा लगाइएको मापदण्ड आफ्नै कार्यकाल मा संशोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
सस्थाका निबर्तमान अध्यक्ष प्रबीण पौडेल ले स्वागत मन्तव्य दियेका थिए भने छोरेपाटन स्कुल ब्यवस्थापन समितिका अध्यक्ष झपिन्द्र राज रेग्मी ले वडा नम्बर १६ महेन्द्रगुफा स्थित क्षेत्रमा मापदण्ड हटिसकेको छोरेपाटन क्षेत्रमा पनि मापदण्ड हटाउन सक्दो पहल गर्ने बताए । कार्यपालिका सदस्य राधिका शाही योगि ले कर्मचारी करार र थाइ यो नियम कर्मचारीका निम्ति राम्रो नियम नभएको बताइन अध्यक्ष सागर अधिकारीले छोरेपाटनमा इन्द्रेणी सहकारीको कारोबार देखेर अरु बित्तीय सस्था हरु अघि बढेको बताए अब छिट्टै आफ्नै भवन मा कारोबार गर्ने तर्फ अगाडि बढेको जानकारी दिए ।
सो साधरण सभा सचीव डिल्लिराम शर्माले गरेका थिए । साधरण सभा को अबसर पारेर वार्षिकरूपमा गरिने सेयर सदस्य का छोराछोरी सम्मान कार्यक्रम स्नातक उतिर्ण छोराछोरीलाई सम्मानित गरेको छ। सम्मानित हुने हरुमा स्मृति बराल ,असिम त्रिपाठि , आशिष् कार्कि, सुस्मिता पौडेल,प्रमिला प्रराजुलि गौतम भएका छ्न । साथै सो कार्यक्रममा शेयर सदस्य हरुको उल्लेखनीय सहभागीता रहेको थियो ।





























प्रतिक्रिया लेख्नुहोस्:-