काठमाडौँ । नेपाल बार एशोसिएसनको सल्लाहकार समितिका सदस्यहरुले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राजीनामा नदिए आन्दोलन गर्नुपर्ने सुझाव दिएका छन् । मंगलबार बसेको बैठकमा बारका ३७ मध्ये ३६ सदस्यले प्रधानन्यायाधीश जबराले तत्काल राजीनामा नदिए देशभर आन्दोलन गर्नुपर्ने सुझाव दिएका हुन् ।
बैठकबारे जानकारी दिदै वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले सल्लाहकार समिति सहितको बैठकमा ३७ मध्ये ३६ सदस्यले राजीनामा माग्नुपर्ने धारणा राखेको बताए ।
उनले भने(सल्लाहकार समिति सहितको बैठकमा ३७ जनाले सुझाव दिने क्रममा ३६ जनाले राजीनामा माग्नुपर्छ भनेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले अबिलम्ब राजीनामा गर्नुपर्छ भन्ने ९९ दशमलव ५ प्रतिशत सुझाव रह्यो । वरिष्ठ अधिवक्ता भट्टराईले अब बारको कार्यसमिति बसेर निर्णय गर्ने बताउदै सुझाव अनुसार प्रधानन्यायाधीश राणाले अविलम्ब राजीनामा नगरेमा देशव्यवापी आन्दोलन गर्नुपर्छ भन्ने सल्लाह रहेको बताए ।



























प्रतिक्रिया लेख्नुहोस्:-