काठमाडौं, ९ कात्तिक । सोलुखुम्बु ४ का मिलन कुमार राईको कोठाबाट पेस्तोल र गोली बरामद गरिएको छ । काठमाडौं महानगरपालिका २६ कपुरधारा डेरा गरी बस्खुदै आएका राई लामो समय देखि कोठामा नाएपछि प्रहरी सहित स्थानियको रोहवरमा घर खान तलासी गर्दा पेस्तोल र गोली भेटिएको हो ।
उनको कोठाबाट १ थान पेस्तोल, सोही पेस्तोलको ४ राउण्ड गोली, २ थान म्याग्जिन, १ थान खुकुरी, विभिन्न किसिमका छाप तथा कागजपत्रहरु सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ ।
बिगत सात महिनादेखि मिलन सम्पर्कमा नआएपछि प्रहरी, जनप्रतिनिधि, स्थानीय भद्रभलादमीको रोहबरमा मिलनको कोठा विधिवत खाली गर्ने क्रममा झोलाभित्र उक्त हतियार र विभिन्न कागजपत्रहरू बरामद भएको प्रहरी बताएको छ ।
मिलनको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।





























प्रतिक्रिया लेख्नुहोस्:-