कास्की, ९ कात्तिक । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा पोखरा महानगरपालिका पोखराबाट २ जना पक्राउ परेका छन् ।
पोखरा १७ बिरौटाका ४२ वर्षीय सुरेश तामाङ र बारा जिल्ला कोल्बी नगरपालिका १ का २६ वर्षीय ऋषि भट्टलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
पोखरा ६ लेकसाईडस्थित होटल ड्रिमल्याण्डमा महिलाहरुलाई काममा लगाई दिन्छु भन्दै प्रलोभनमा पार्दै डर त्रास देखाई यौन शोषण गर्न लगाउने गरेको आरोपमा प्रहरी उनीहरुलाई पक्राउ गरेको हो ।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ । उक्त स्थानबाट उद्दार गरिएका पीडित महिलालाई मनोपरामर्श गरी आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
उनीहरु उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।





























प्रतिक्रिया लेख्नुहोस्:-