काठमाडौं ४ कात्तिक । फिफा वरियतामा नेपाली राष्ट्रिय फुटबल टोलीको वरियता खस्किएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको वरियतामा नेपाल २ स्थान तल झर्दै १ सय ६९ स्थानमा आइपुगेको छ। नेपाल यसअघि १ सय ६७ औँ स्थानमा थियो। नेपालले ९ सय ७२ प्वाइन्ट पाएको छ।
एक समय १ सय २४ औँ स्थानमा पुगेको नेपाल वरियता खस्कदै गएको छ। नेपालको कमजोर वरियता भनेको १ सय ९६ औँ हो। नेपालले पछिल्लो पटक साफ च्याम्पियनसिपको फाइनलमा भारतसँग ३–० गोल अन्तरले पराजित भएको थियो।
वरियताको शीर्ष स्थानमा बेल्जियम, दोस्रोमा ब्राजिल र तेस्रोमा फ्रान्स छ। साफ च्याम्पियन बनेको भारत भने १ सय ६ स्थानमा यथावत छ। भुटान १ सय ८६, बगंलादेश १ सय ८७ र पाकिस्तान १ सय ९७ औँ स्थानमा छ। एशियाली फुटबल फेडेरेशन ९एफसी० तर्फ पनि नेपाल १ सय ६९ औँ स्थानमा झरेको छ। यता महिला फुटबल टोली पनि १ सय १ औँ स्थानमा झरेको छ।
प्रतिक्रिया लेख्नुहोस्:-