काठमाडौँ ४ कात्तिक । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन भत्तामा १५ प्रतिशत वृद्धि गर्ने तयारी गरेको छ । गृह मन्त्रालयले बजेटमा गरिएको त्यस्तो व्यवस्था कार्यान्वयनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी गरेको हो ।
सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेट वक्तव्यको बुँदा नम्बर ३९२ मा प्रहरी र सशस्त्र प्रहरीको रासनमा १५ प्रतिशत वृद्धि गर्ने घोषणा गरेको थियो । गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रिपरिषद्को आगामी बैठकमा रासन वृद्धि सम्बन्धी फाइल पेस गर्न स्वीकृत गरिसकेका छन् ।
मन्त्रिपरिषद् बैठकले निर्णय गरेपछि गत साउन एक गतेदेखि नै नेपाल प्रहरी र सशस्त्र प्रहरीले वृद्धि भएको रासन भत्ता पाउनेछन् । सरकारले जिल्लाको दर रेट र भौगोलिक क्षेत्रका आधारमा भत्ताको रकम तय गर्ने गर्छ । त्यसैका आधारमा उनीहरूले रासन भत्ता पाउदै आएका छन् ।



























प्रतिक्रिया लेख्नुहोस्:-