काठमाडौं ४ कात्तिक। अविरल वर्षासँगै बाढी–पहिरोमा परी देशभर ९४ जनाले ज्यान गुमाएका छन् । गएको आइतबार देखिको वर्षाका कारण बाढी–पहिरोमा परी मृत्यु हुनेको संख्या ९४ पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरी प्रवक्ता वसन्त कुँवरले ४१ जना बेपत्ता भएको जानकारी दिए । ‘‘२९ जना घाइते भएका छन् । देशभरका विभिन्न जिल्लामा बेपत्ताको खोजीकार्य भइरहेको छ । उद्धार भइरहेको छ । घाइतेहरूको उपचार भइरहेको छ,” उनले भने ।





























प्रतिक्रिया लेख्नुहोस्:-