काठमाडौँ ३ कात्तिक । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट १३ जनाको मृत्यु भएको छ । देशभर गरी १३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जानकारी दिएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३ सय १८ पुगेको छ ।
यस्तै २४ घण्टामा ७ हजार २२ पीसीआर परीक्षणमा बुधबार थप ५ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा पीसीआर परीक्षणबाट संक्रमित हुनेको संख्या ८ लाख ७ हजार ५२ पुगेको छ ।
यस्तै एन्टिजेन विधिद्वारा गरिएको १ हजार ४ सय ४ परीक्षणबाट १ सय २७ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको ८ हजार ४ सय २६ परीक्षणमा ६ सय ६२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा थप ७ सय ५८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ८४ हजार १ सय ५५ रहेको छ ।
हालसम्म देशभर ४३ लाख ४३ हजार ६ सय ४० नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा २ सय २७ जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या ११ हजार ५ सय ७९ रहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-