पोखरा ३ कार्तिक । पोखरामा नाटक निर्देशन कार्यशाला हुने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने यो कार्यशालामा गण्डकी प्रदेशका ११ जिल्लाबाट २५ जनाको हाराहारीको सहभागिता रहने गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले जानकारी दिए । कार्तिक ५ गते शुक्रबारबाट सुरु हुने कार्यशाला १० दिनसम्म चल्नेछ । कार्यशालाको लागि पोखरा थिएटरले सहकार्य गर्नेछ ।
पोखरा थिएटरको गन्धर्व नाटकघरमा हुने कार्यशालामा रंगक्षेत्र, निर्देशन क्षेत्र सहितका विविध क्षेत्रमा स्थापित बनिसक्नुभएका प्रशिक्षकहरुले सहजिकरण गर्ने गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीले बताए । स्थापनाको छोटो समयमानै गण्डकी प्रज्ञा प्रतिष्ठानले केही महत्वपूर्ण कार्यक्रम गरिसकेको उनको दावी छ । ‘नाटकले मनोरञ्जन मात्र दिदैन, सन्देश पनि दिन्छ, यसको बेग्लै महत्व भएकोले गण्डकी प्रदेशका ११ जिल्लाका सहभागीलाई तालिम दिन लागिएको हो’ कुलपति विखर्चीले भने । प्रशिक्षार्थीले तालिममा सिकेका सिपलाई आफ्नो जिल्लामा गएर प्रयोग गर्न थालेपछि नाट्य गतिविधि बढ्ने उनको विश्वास छ । ‘तालिममा सिकेका सिपहरु प्रशिक्षार्थीहरुले आफ्नो जिल्लामा गएर प्रयोग गर्नुहुनेछ जसका कारण गण्डकी प्रदेशको नाट्य क्षेत्रलाई क्रियाशिल बनाउन सहयोग गर्नेछ भन्ने हाम्रो विश्वास हो’ उनले थपे ।
गण्डकी प्रदेशमा नाटक प्रतिको आर्कषण बढाउन कार्यशाला आयोजना गरिएको प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठको भनाई छ । ‘नाटक प्रतिको आर्कषण बढाउनको निम्ती कार्यशालाको आयोजना गरेका हौँ’ उनले भने । प्रदेशका सबै जिल्लामा नाटक निर्देशन गर्न सक्ने व्यक्तिको उत्पादन गर्नु आफूहरुको उद्धेश्य रहेको उनले । ‘प्रदेशका सबै जिल्लामा नाटक निर्देशन गर्न सक्ने व्यक्ति उत्पादन गरेर उनकै माध्यमबाट सो जिल्लामा नाट्य गतिविधि हुने वातावरण निर्माण गर्नेछौ’ श्रेष्ठले बताए ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८





























प्रतिक्रिया लेख्नुहोस्:-