काठमाडौँ १ कात्तिक । नेपाल क्रिकेट संघ(क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको छ । सोमबार क्यानले नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको हो ।
अस्ट्रेलियाली प्रशिक्षक डेभ ह्वाटमोरले गत भदौ ११ गते राजीनामा दिएपछि मुख्य प्रशिक्षक पद रिक्त रहेको छ । २०७७ पुस २ गते नेपाली टोलीको मुख्य प्रशिक्षकमा नियुक्त ह्वाटमोरले भारतीय क्लबमा आबद्ध हुनका लागि राजीनामा दिएका थिए ।





























प्रतिक्रिया लेख्नुहोस्:-