झापा १ कात्तिक । जंगली हात्तीलाई थापेको विद्युतीय तारको करेन्ट लागेर झापाको भद्रपुर नगरपालिका– १० केन्द्रमोडकी एक महिलाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सोमबार बिहान ८ बजे केन्द्रमोड बस्ने शिव पौरियाकी श्रीमती वर्ष ५४ की कल्पना राई पौरियाको मृत्यु भएको हो। आफ्नै घरबाहिर हात्ती धपाउन राखेको तार छुँदा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनाको अनुसन्धान भइरहेको छ।






























प्रतिक्रिया लेख्नुहोस्:-