काठमाडौँ – नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसिपको फाइनल खेलपछि नेपाल नफर्किने बताएका छन्।
मुख्य प्रशिक्षक अल्मुताइरीले आफूले यसअघि नै राजीनामा दिएको बताउँदै भारतसँगको साफ च्याम्सिपयनसीपको फाइनल खेल नै आफ्नो अन्तिम खेल भएको बताएका हुन्।
साफ च्याम्पियनसिपअन्तर्गत बुधवार बंगलादेशसँगको खेल १–१ गोलको बराबरीपछि आयोजित पत्रकार सम्मेलनमा उनले साफ च्याम्पियनको फाइनलपछि नेपाल नफर्किने घोषणा गरेका हुन्। उनले माल्दिभ्सबाट सीधा कुवेत फर्किने बताउँदै नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिँदा आफू खुसी नरहेको सुनाए।
अल्मुताइरीले नेपालले फाइनल यात्रा तय गरेकोमा खुसी व्यक्त गर्दै पछिल्ला केही दिन आफूले तनावमा गुजारेको बताए।
‘आफ्नो कोचलाई सम्मान गर्नुपर्छ। हामी परिवार हौँ। हामी एउटै परिवारका सदस्य हौँ। तपाईहरुले यस्तो बोलेर खुसी मिल्यो र ? म्याच फिक्सिङ गर्यो भनेर तपाईहरु खुसी हुनुहुन्छ ? तपाईहरुलाई गर्व महसुस भयो ? म कोच हो ? के सोच्नुभएको छ ? के प्रतिक्रिया दिनुभएको छ ? ’, मुख्य प्रशिक्षक अल्मुताइरीले भने, ‘मान्छेले मान्छेलाई सम्मान गर्नुपर्छ। म नोकर होइन, कोच हुँ। आउँदो फाइनल गेम मेरो नेपालका लागि लास्ट म्याच हुनेछ। म कहिल्यै नेपाल फर्किने छैन। पत्रकारहरुलाई म भन्छु मेरो आफ्नै इज्जत र प्रतिष्ठा छ।’




























प्रतिक्रिया लेख्नुहोस्:-