कास्कीको घान्द्रुकमा ग १ ज ६९०० नं.को बोलेरोजीप दुर्घटनामा ८ जनाको ज्यान गएको छ।
जिप चालक जिल्ला कास्की अन्नपुर्ण गाउँपालिका ५ नयाँपुल बस्ने ४२ वर्षीय खुसीमान क्षेत्री, जिल्ला काठमाण्डौ महानगरपालिका ३ गंगबु घर भई पोखरा घुम्न आएको १८ वर्षीय जिनलव घिसिङ, ऐ बस्ने २४ वर्षीय सुजा चौधरी, २० वर्षीय लिजा चौधरी, २० वर्षीय सुमन चौधरी, २२ वर्षीय अछुतम काफ्ले, १८ वर्षीय आशिष आले र जिल्ला गोरखा घर भई हाल जिल्ला काठमाण्डौ महानगरपालिका ३ गंगबु बस्ने २७ वर्षीय विनय क्षेत्री रहेको मृत्यु भएको छ । १ जना घाईते भएका छन् ।
स्रोतका अनुसार बाटोको कारण दुर्घटना भएको प्रहरीको प्रारम्भीक अनुमान गरेको छ । १० जनाको सिट क्षमता भएको जिपमा यात्रुहरु सिट क्षमता भन्दा बढी नभएको कास्की प्रहरीले जानकारी दिएको छ ।
बाटो उकालो भएको कारण गाडी केही पछाडी गर्न खोज्दा ब्रोक नलागको अनुमान गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुबास हमालले जानकारी दिए ।





























प्रतिक्रिया लेख्नुहोस्:-