म्युजिक भिडियो हजार जुनी सार्वजनिक भएको छ । गायक प्रवीण बेडवालको स्वरमा कालेबुङका शिशिर मोथेद्वारा रचित गीत हजार जुनी म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
एसआर क्रिएसनद्वारा निर्माण गरिएको उक्त म्युजिक भिडियो एसआर क्रिएसन नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । यस म्युजिक भिडियोमा कालेबुङका कलाकारद्वय रोशन दाहाल र रेखा पौड्यालले अभिनय गरेका छन् ।
गीतमा ऋषिराज दर्नालले सङ्गीत संयोजन गरेका छन् । जस्टिन लेप्चाद्वारा छायाङ्कन गरिएको अनि बिक्की प्रधान (बिक्की इन्टरटेनमेन्ट) द्वारा सम्पादित म्युजिक भिडियोको निर्देशन रोशन दाहाल नै गरेका छन् ।



























प्रतिक्रिया लेख्नुहोस्:-