पोखरा । चियाको मुल्य कति ? १५, २० अथवा २५ । तर, पोखरामा दुई रुपैयाँमा नै चिया पिउन पाइने भएको छ ।
विगत दुई वर्षदेखि बगरमा संचालन भइरहेको चियादानीले दशैंको अवसरमा आफ्ना ग्राहकलाई लक्षित गर्दै दुई रुपैयाँमा चिया पिलाउने भएको हो । यसका लागि ग्राहकसँग दुई रुपैयाँको नोट हुनुपर्ने हुन्छ ।
जो सँग दुई रुपैयाँको नोट छ उसैले मात्र चिया पिउन पाउनेछ । ‘सिक्काको पैसा भएर हुँदैन, दुई रुपैयाँको नोट नै चाहिन्छ’, संचालक सुदीप पौडेलले भने । उसो त पछिल्लो समय दुई रुपैयाँको नोट हराउँदै गएको छ ।
नोटको संरक्षणका लागि पनि आफुले यो कन्सेप्टलाई अगाडि सारेको सुदीपको भनाई छ । ‘चिया पारखीका लागि यो अफर राम्रो हो, अनि मेरा लागि अवसर’, सुदीपले भने । जुन दशैं समयअवधिसम्म मात्र हुनेछ ।
भन्छन्, ‘यो एउटा दशैं अफर हो । चियादानी सामाजिक काममा समेत सक्रिय छ भन्ने सन्देश दिन हामीले यस्तो अफर ल्याएका हौं ।’
दुई रुपैयाँको चिया पिलाउँदा आफुलाई घाटा हुने भएता पनि त्यसको प्रवाह नगरी ग्राहकलाई सेवा दिने उनले बताए । ‘दुई रुपैयाँको चियामा समेत ग्राहकले २० रुपैयाँको जस्तै स्वाद पाउनुहुनेछ’,
चियादानीमा ४० भन्दा बढी प्रकारका चिया पाइन्छ । छोटो समयमा चियादानीले राम्रो सफलता हासिल गरेको छ । पोखराको बगरबाट सुरु भएको चियादानीको आउटलेट चितवनमा समेत खोलिएको छ ।
निकटभविष्यमा नै देशका अन्य शहरमा समेत चियादानीको आउटलेट संचालनमा ल्याउने तयारी रहेको सुदीपले बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-