२०८२ माघ ४, आइतवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नेपालबाट हङकङ चरेश कारोबार गर्ने गिरोहका ७ जना पक्राउ

गण्डकी प्रेस
अशोज २४, २०७८ १७:४२ मा प्रकाशित
अपराध, प्रमुख समाचार, समाचार, समाज
चरीबाघको छाला सहित २ जना पक्राउ
13
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं, २४ असोज । नेपालबाट हङकङमा अवैध लागूऔषध चरेशको कारोबार गर्ने गिरोहका ७ जनालाई ७ केजी ९ सय ७७ ग्राम अवैध लागूऔषध चरेश सहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मोरङ उर्लाबारी घर भएका ३२ वर्षीय अन्जित थापा, सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका ५ ठेगाना भई ललितपुर हात्तिवन बस्ने ३० वर्षीय सुजन श्रेष्ठ, सिन्धुपाल्चोक लिसखु गाउँपालिका ५ ठेगाना भएका ४१ वर्षीय सागर भन्ने जालिन्द्र श्रेष्ठ, पर्सा सखुवापर्सौनी गाउँपालिका १ घर भई हाल काठमाडौं बौद्द नयाँबस्तिस्थित सिलाई बुनाई काम गर्ने दिनदयाल महतो उराव, उक्त कोठामा बसेका दिपेन्द्र महतो उराव, मकवानपुर थाहा नगरपालिका ११ बस्ने ४५ वर्षीय रबि मुक्तान र धादिङ थाक्रे गाउँपालिका ३ बस्ने २३ वर्षीय मोतीलाल तामाङ रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र महानगरीय प्रहरी परिसर ललितपुरको संयुक्त प्रहरी टोलीले यही असोज १४ गते ललितपुर मानभवनस्थित ब्लू स्टार कार्गोबाट हङकङ पठाउन लागेको अवस्थामा ९ थान थाङ्का र सो मा प्रयोग हुने काठको डण्डीभित्र लुकाई राखेको ३ केजी ५० ग्राम चरेश सहित अन्जित थापालाई पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा सोही दिन अन्जितलाई उक्त सामान दिने सुजनलाई पक्राउ गरी सुजनलाई समेत चरेश दिने जालिन्द्रलाई पक्राउ गरेको हो । जालिन्द्रको कोठाबाट सानो थाङ्कामा प्रयोग हुने आयातकार काठको ९६ थान लिस्टिभित्र लुकाई राखेको २ केजी ४० ग्राम चरेश र २ डब्बा फेबिकोल, २ थान फलामको हेक्सा ब्लेड, २ थान छिनो, १ थान चक्कु, २ थान हतौडा, १ थान धार लगाउने सिल्ली, २ थान फलामको ढुङ्ग्रो, ४ रोल र्यालपिङ टेप बरामद भएको छ ।

थप अनुसन्धानको सिलसिलामा असोज १५ गते दिनदयाल महतोको कोठाबाट सानो थाङ्कामा प्रयोग हुने काठको १ सय १३ थान लिस्टिमा लुकाई राखेको २ केजी ८ सय ७५ ग्राम चरेश, ३ थान डिजिटल तराजू, १ थान सिलाई मेशिन, १ थान रोलिङ मेशिन, २ थान फेबिकोल, विभिन्न १७ थान हस्तकला, ६ थान थाङ्का लगायतका सामान र नगद १ लाख रुपैयाँ सहित दिनदयाल र दिपेन्द्र महतोलाई पक्राउ गरिएको हो । साथै सोही दिन जालिन्द्र र सुजनलाई चरेस बिक्री गर्ने रबिलाई उनकै कोठाबाट ९ ग्राम ५ सय मिलीग्राम लागूऔषध चरेश सहित पक्राउ गरेको हो ।

थप अनुसन्धानको सिलसिलामा असोज १६ गते रविलाई चरेश उपलब्ध गराउने मोतीलाललाई समेत २ ग्राम ५ सय मिलीग्राम चरेशसहित पक्राउ गरिएको हो । उनले धादिङ लगायत विभिन्न स्थानबाट लागूऔषध चरेश संकलन गरी उपलब्ध गराउने गरेको अनुसन्धानबाट खुल्न आएको छ । उनीहरूले नेपालबाट विभिन्न हस्तकलाका सामानहरुमा चरेश लुकाई कार्गोबाट हङकङ पठाउने गरेको र उनीहरूउपर लागूऔषध सम्बन्धी कसूरमा अदालतबाट म्याद थप अनुमति प्राप्त भई अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले जनाएको छ ।

सम्बन्धित समाचार

मुस्कानको दोहोरो शतकमा पोखराको फराकिलो जित
खेलकुद

मुस्कानको दोहोरो शतकमा पोखराको फराकिलो जित

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?
अपराध

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

लागुऔषध खैरो हेरोइनसहित काठमाडौँबाट एक व्यक्ति पक्राउ
अपराध

लागुऔषध खैरो हेरोइनसहित काठमाडौँबाट एक व्यक्ति पक्राउ

सिन्धुलीमा बैंक डकैतिमा घरधनीका जेठान पक्राउ
अपराध

सिन्धुलीमा बैंक डकैतिमा घरधनीका जेठान पक्राउ

२०१४ सालको त्यो विशेष महाधिवेशन र अहिलेको यो विशेष महाधिवेशन
प्रमुख समाचार

२०१४ सालको त्यो विशेष महाधिवेशन र अहिलेको यो विशेष महाधिवेशन

एटी अलर्टबाट आन्दोलनको मेसेज पठाउने सेढाइ पक्राउ
अपराध

एटी अलर्टबाट आन्दोलनको मेसेज पठाउने सेढाइ पक्राउ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्कानको दोहोरो शतकमा पोखराको फराकिलो जित

मुस्कानको दोहोरो शतकमा पोखराको फराकिलो जित

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

लागुऔषध खैरो हेरोइनसहित काठमाडौँबाट एक व्यक्ति पक्राउ

लागुऔषध खैरो हेरोइनसहित काठमाडौँबाट एक व्यक्ति पक्राउ

सिन्धुलीमा बैंक डकैतिमा घरधनीका जेठान पक्राउ

सिन्धुलीमा बैंक डकैतिमा घरधनीका जेठान पक्राउ

२०१४ सालको त्यो विशेष महाधिवेशन र अहिलेको यो विशेष महाधिवेशन

२०१४ सालको त्यो विशेष महाधिवेशन र अहिलेको यो विशेष महाधिवेशन

एटी अलर्टबाट आन्दोलनको मेसेज पठाउने सेढाइ पक्राउ

एटी अलर्टबाट आन्दोलनको मेसेज पठाउने सेढाइ पक्राउ

तनहुँमा ३ जनाको सामुहिक हत्या गर्ने एक पक्राउ

तनहुँमा ३ जनाको सामुहिक हत्या गर्ने एक पक्राउ

सामाजिक सञ्जालमा बन्दुक प्रदर्शन एक पक्राउ

सामाजिक सञ्जालमा बन्दुक प्रदर्शन एक पक्राउ

रक्सीको पैसा तिर्न छाडेर प्रहरीको धम्की १ पक्राउ

रक्सीको पैसा तिर्न छाडेर प्रहरीको धम्की १ पक्राउ

चर्चित खबरहरु

तनहुँ विभत्स हत्या काण्ड ः राजमार्ग पुगेपछि अलमलियो कुकुर, सकियो ‘क्लू’

तनहुँ विभत्स हत्या काण्ड ः राजमार्ग पुगेपछि अलमलियो कुकुर, सकियो ‘क्लू’

तनहुँमा ३ जनाको सामुहिक हत्या गर्ने एक पक्राउ

तनहुँमा ३ जनाको सामुहिक हत्या गर्ने एक पक्राउ

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

रक्सीको पैसा तिर्न छाडेर प्रहरीको धम्की १ पक्राउ

रक्सीको पैसा तिर्न छाडेर प्रहरीको धम्की १ पक्राउ

सामाजिक सञ्जालमा बन्दुक प्रदर्शन एक पक्राउ

सामाजिक सञ्जालमा बन्दुक प्रदर्शन एक पक्राउ

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ

‘आइ लेन्स’ प्रयोग गरी क्यासिनोमा ठगी गर्ने ४ भारतीय कारागार चलान

‘आइ लेन्स’ प्रयोग गरी क्यासिनोमा ठगी गर्ने ४ भारतीय कारागार चलान

प्रशोधनको नाममा ल्याण्डफिल बनाउन खोजियो : स्थानीय

प्रशोधनको नाममा ल्याण्डफिल बनाउन खोजियो : स्थानीय

लागुऔषध खैरो हेरोइनसहित काठमाडौँबाट एक व्यक्ति पक्राउ

लागुऔषध खैरो हेरोइनसहित काठमाडौँबाट एक व्यक्ति पक्राउ