२०८२ माघ ६, मङ्लबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पशुपतिनाथको ज्योतिर्लिङ्गको जलहरीमा सुन खरिदमा अनियमितता भएको प्रमाणसहित मुद्दा

गण्डकी प्रेस
अशोज २४, २०७८ ०७:५५ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
पशुपतिनाथको ज्योतिर्लिङ्गको जलहरीमा सुन खरिदमा अनियमितता भएको प्रमाणसहित मुद्दा
6
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ — पशुपतिनाथको ज्योतिर्लिङ्गमा राख्न बनाइएको जलहरीमा समेत सुन हिनामिना भएको विषयमा अख्तियारले मुद्दा दर्ताको तयारी गरेको छ । ८० करोडको सुन खरिदमा अनियमितता भएको प्रमाणसहित विशेष अदालतमा मुद्दा दर्ता गर्ने तयारी भएको हो ।

पशुपतिनाथ मन्दिरमा जलहरी राख्नुअघि गत फागुन ११ मा तयार गरिएको मुचुल्का । सुनको मात्रा लेखिएको अंक९रातो घेरामा० नै केरमेट गरिएको छ ।
अहिलेसम्मको अनुसन्धानअनुसार कम्तीमा ११ किलो सुन गायब पारिएको छ । त्यस्तै जलहरीमा राखेको सुनमा अन्य धातु मिसावट भएको विषयमा पनि अख्तियारले प्राविधिक छानबिन अघि बढाएको छ ।

गत माघ १२ मा पशुपति दर्शनमा गएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ज्योतिर्लिङ्गको जलहरी सुनको बनाउन निर्देशन दिँदै आवश्यक बजेट सरकारले उपलब्ध गराउने वचन दिएका थिए । तर, इतिहासदेखि जलहरी चाँदीको रहेकाले सुनको राख्नु हुँदैन भन्दै संस्कृतिविद् र अभियन्ताले विरोध गरेका थिए ।

यो विषयमा वाग्मती प्रदेशका सांसद नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुंगानाले १० फागुनमा सर्वोच्चमा मुद्दा दर्ता गरेका थिए । १२ फागुनमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले अन्तरिम आदेश दियो, तर त्यही बिहान अदालत नखुल्दै राष्ट्रपतिलाई पशुपति लगेर जलहरी उद्घाटन गराइसकिएको थियो । पशुपतिमा सुन चढाएर राजनीतिक फाइदा लिन सुरु भएको यो खेलमा आर्थिक स्वार्थहरू पनि जोडिएपछि यसले बेथितिको रूप लिएको हो । जलहरीलाई खँदिलो र बलियो बनाउन २४ क्यारेटको सट्टा २२ क्यारेट सुन प्रयोग गर्ने निर्णय भएको थियो ।

२२ क्यारेट सुन पनि सिधै किन्न पाइन्छ, तर कोषका पदाधिकारीहरूले २४ क्यारेटको सुन किन्ने र त्यसलाई पगालेर तामा र चाँदी मिसाई २२ क्यारेटको सुन बनाउने नीति बनाएका थिए । ‘तामा र चाँदी धेरै मिसाएर सुन दबाउने उद्देश्यले यस्तो भएको हो, हराएको सुन मात्र होइन, भएको सुनमा पनि अन्य धातु कति छ भन्ने मूल प्रश्न हो,’ कोषकै एक सदस्यको भनाइ छ । जलहरी निर्माणमा संलग्न नभएका कोषका सदस्यहरूले आर्थिक हिसाबकिताब मागेपछि अनियमितताका तथ्य एकपछि अर्को खुल्दै गएका हुन् ।

पशुपतिनाथ मन्दिरमा जलहरी राख्नुअघि गत फागुन ११ मा तयार गरिएको मुचुल्का । सुनको मात्रा लेखिएको अंक९रातो घेरामा० नै केरमेट गरिएको छ ।

कोषले जलहरी बनाउन राष्ट्र बैंकबाट १ सय ३ किलो सुन खरिद गरेको थियो । त्यसमा भएको ८० करोड खर्चमध्ये पशुपति क्षेत्र विकास कोषबाट ५० करोड र अर्थ मन्त्रालयबाट ३० करोड रुपैयाँ निकासा गरिएको थियो । १ सय ३ किलो सुन पगाली त्यसमा ३ प्रतिशत तामा र एक प्रतिशत चाँदी मिसाएर १ सय ८ किलो २२ क्यारेट सुन तयार भएको कोषको दाबी छ । तर, कोषले जलहरीमा भने जम्मा ९६ किलो ८ सय २२ ग्रामको सुन प्रयोग गरेको मुचुल्का बनाएको छ । बाँकी ११ किलो सुन कहाँ गयो रु अख्तियारले कोषका पदाधिकारी, कर्मचारी, कालिगड र बिचौलियाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्न लागेको हो । कोषका पदाधिकारीले १ सय ८ किलो सुन नै जलहरीमा प्रयोग भएको दाबी गरेका छन् । तर मुचुल्कामा भने ९६ किलो ८ सय २२ ग्राम सुन मात्र प्रयोग भएको उल्लेख छ । सुनको मात्रा लेखिएको अंक र अक्षर दुवै केरमेटसमेत गरिएको छ ।

कोषका तत्कालीन सदस्यसचिव प्रदीप ढकाल, कोषाध्यक्ष मिलनकुमार थापासहितका पदाधिकारी, सदस्य एवं कर्मचारी र कालिगडको मिलेमतोमा सुनमा गडबडी गरिएको, तामाको काम गर्ने कालिगडलाई सुनको काम गर्ने जिम्मा दिइएको र ज्यालामा अनियमितता गरेकोलगायत विषयमा अख्तियारले जेठमा अनुसन्धान सुरु गरेको थियो ।

प्रारम्भिक छानबिनमा नै अनियमितता देखिएपछि यो विषयलाई अख्तियारले साउनमा विस्तृत अनुसन्धानमा लगेको हो । ‘अनियमितता देखियो, कोषका बहालवाला र पूर्वपदाधिकारी तथा कर्मचारीसहित ३० जनाभन्दा बढीसँग बयान नै लिइसकेका छौं,’ अख्तियार स्रोतले भन्यो, ‘अब ४र५ जनासँग बयान लिन बाँकी छ, दसैंलगत्तै त्यसलाई टुंग्याएर अनियमितता गर्नेविरुद्ध मुद्दा दर्ता हुन्छ ।’

उता जलहरी प्रकरणमा मुछिएका तत्कालीन कोषाध्यक्ष थापालाई भने प्रधानमन्त्री तथा तत्कालीन संस्कृतिमन्त्री शेरबहादुर देउवाले कोषको सदस्यसचिव नियुक्त गरेका छन् । कोषाध्यक्षका रूपमा १२ भदौमा उनको कार्यकाल सकिएको थियो, तर बयानका लागि अख्यितारले बोलाउँदा अनुपस्थित रहेकै बखत भदौ १८ मा सदस्यसचिवको नियुक्ति पाएका थिए । अहिलेसम्म भने अख्तियारले ढकाल र थापासँग १२र१२ घण्टा बयान लिएको छ ।

अख्तियारले तत्कालीन सदस्यसचिव ढकाल, कोषाध्यक्ष थापा, कार्यकारी निर्देशक घनश्याम खतिवडा, परिषद् सदस्यहरू भगवतीप्रसाद देव र ध्रुव उप्रेती, निर्देशक भोलाप्रसाद सिटौलालगायत यसमा मुछिएका सबैसँग बयान लिइसकेको छ । कालिगड उपेन्द्र बाराही ९शिल्पकार० सँग पनि अख्तियारले बयान लिएको छ । जलहरी निर्माणको अनुगमन तथा नियमनका लागि कोष परिषद् बैठकबाट तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले सचिव यादवप्रसाद कोइरालाको संयोजकत्वमा समिति गठन गरेका थिए । तर, आफ्नो जिम्मेवारी पूरा नगरेको भन्दै समितिमा रहेका कर्मचारीमाथि पनि अख्तियारले सोधपुछ गर्न लागेको छ ।

पशुपति क्षेत्र विकास कोषको सुरक्षार्थ खटिएका प्रहरी, सशस्त्र प्रहरी र सैनिकलाई साक्षीका रूपमा प्रस्तुत गर्न अख्तियारले उनीहरूसँग पनि बयान लिन लागेको छ । अख्तियारले असोज पहिलो साता नै पशुपति क्षेत्रको सुरक्षार्थ तैनाथ नेपाल प्रहरीका निरीक्षक टीकाबहादुर कार्की र सशस्त्र प्रहरी निरीक्षक वेद पनेरुसँग ‘साक्षी बयान’ लिइसकेको छ । अब जलहरीको सुनको बाहिरी सुरक्षा प्रबन्धमा खटिएका सैनिकसँग पनि साक्षी बयान लिन अख्तियारले प्रक्रिया अघि बढाएको हो । अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले भने जलहरी प्रकरणको अनुसन्धान जारी रहेकाले ‘विस्तृत भन्न नमिल्ने’ प्रतिक्रिया दिए ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले जलहरी बनाउन राष्ट्र बैंकबाट सुन ल्याउँदा, भण्डारण गर्दा र कालिगडसम्म पुर्‍याउँदा बाहिरी सुरक्षामा मात्रै सेनाको भूमिका रहेकाले निर्माण प्रक्रिया र आन्तरिक खटनपटनमा सैनिकको संलग्नता नरहेको बताए । अख्तियारले साक्षीका रूपमा सैनिक कर्मचारीलाई समेत राख्न लागेको विषयबारे कतैबाट पत्र आइनसकेको उनले बताए । ‘जलहरी निर्माणमा हाम्रो भूमिका के–कस्तो थियो भन्नेबारे राज्यका आधिकारिक निकायबाट सोधीखोजी भयो भने कार्यादेश र निर्वाह गरिएको जिम्मेवारीबारे जानकारी गराउँछौं,’ पौडेलले भने ।

सम्बन्धित समाचार

कार चालकलाई कुटपिट गरी कार लिएर तीन जना फरार
अपराध

अन्य पुरुषसंग बोलेको निहुँमा प्रेमिकाको हत्या, १ पक्राउ

बिरौटाकी सुप्रिया गोले तामाङ बनिन् मिस तामाङ पोखरा
समाचार

बिरौटाकी सुप्रिया गोले तामाङ बनिन् मिस तामाङ पोखरा

पोखराको हल भिजिटमा ‘भाईरल गोर्खे’ टिम, दर्शकको प्रशंसाले उत्साहित सौगात र सृष्टी
समाचार

पोखराको हल भिजिटमा ‘भाईरल गोर्खे’ टिम, दर्शकको प्रशंसाले उत्साहित सौगात र सृष्टी

एक दिवसीय क्रिकेट ः कास्कीले लेखनाथालई २७३ रनले हरायो
खेलकुद

एक दिवसीय क्रिकेट ः कास्कीले लेखनाथालई २७३ रनले हरायो

मुस्कानको दोहोरो शतकमा पोखराको फराकिलो जित
खेलकुद

मुस्कानको दोहोरो शतकमा पोखराको फराकिलो जित

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?
अपराध

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

कार चालकलाई कुटपिट गरी कार लिएर तीन जना फरार

अन्य पुरुषसंग बोलेको निहुँमा प्रेमिकाको हत्या, १ पक्राउ

बिरौटाकी सुप्रिया गोले तामाङ बनिन् मिस तामाङ पोखरा

बिरौटाकी सुप्रिया गोले तामाङ बनिन् मिस तामाङ पोखरा

पोखराको हल भिजिटमा ‘भाईरल गोर्खे’ टिम, दर्शकको प्रशंसाले उत्साहित सौगात र सृष्टी

पोखराको हल भिजिटमा ‘भाईरल गोर्खे’ टिम, दर्शकको प्रशंसाले उत्साहित सौगात र सृष्टी

एक दिवसीय क्रिकेट ः कास्कीले लेखनाथालई २७३ रनले हरायो

एक दिवसीय क्रिकेट ः कास्कीले लेखनाथालई २७३ रनले हरायो

मुस्कानको दोहोरो शतकमा पोखराको फराकिलो जित

मुस्कानको दोहोरो शतकमा पोखराको फराकिलो जित

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

लागुऔषध खैरो हेरोइनसहित काठमाडौँबाट एक व्यक्ति पक्राउ

लागुऔषध खैरो हेरोइनसहित काठमाडौँबाट एक व्यक्ति पक्राउ

सिन्धुलीमा बैंक डकैतिमा घरधनीका जेठान पक्राउ

सिन्धुलीमा बैंक डकैतिमा घरधनीका जेठान पक्राउ

२०१४ सालको त्यो विशेष महाधिवेशन र अहिलेको यो विशेष महाधिवेशन

२०१४ सालको त्यो विशेष महाधिवेशन र अहिलेको यो विशेष महाधिवेशन

चर्चित खबरहरु

तनहुँमा ३ जनाको सामुहिक हत्या गर्ने एक पक्राउ

तनहुँमा ३ जनाको सामुहिक हत्या गर्ने एक पक्राउ

तनहुँ विभत्स हत्या काण्ड ः राजमार्ग पुगेपछि अलमलियो कुकुर, सकियो ‘क्लू’

तनहुँ विभत्स हत्या काण्ड ः राजमार्ग पुगेपछि अलमलियो कुकुर, सकियो ‘क्लू’

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

रक्सीको पैसा तिर्न छाडेर प्रहरीको धम्की १ पक्राउ

रक्सीको पैसा तिर्न छाडेर प्रहरीको धम्की १ पक्राउ

सामाजिक सञ्जालमा बन्दुक प्रदर्शन एक पक्राउ

सामाजिक सञ्जालमा बन्दुक प्रदर्शन एक पक्राउ

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ

‘आइ लेन्स’ प्रयोग गरी क्यासिनोमा ठगी गर्ने ४ भारतीय कारागार चलान