पोखरा २४ असोज : पोखरा महानगरपालिका १० मा सञ्चालित स्टार डाइनेग्नोस्टिक सेन्टरको प्रारम्भिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले अर्जुन ज्ञवालीको अध्यक्षतामा पाँच सदस्यीय सञ्चालक समिति सर्वसम्वत निर्वाचित गरेको छ । सेन्टरको सदस्यमा महेन्द्र के.सी. सुनिता लम्साल, यशोधरा दुरा र मन्जु मौराली रहेका छन् ।
पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति (भिसी) प्रा.डा.बिष्णुराज तिवारीले अधिवेशनको उद्घाटन गर्दै सेन्टरले व्यवसायिक भन्दा पनि सेवामूलक कार्यमा जोड दिनुपर्ने आवश्यकता औल्याए ।
स्वास्थ्य क्षेत्रलाई कार्यरत बनाउनु भएका यस क्षेत्रका १९ जना शेयर सदस्य रहनु भएको सेन्टरमा हालसम्म दुई करोड रुपैया लगानी भएको शेयर सदस्य नेत्र ढकालले जानकारी दिनुभयो ।
कार्यक्रममा डा. लक्ष्मण बास्तोाल, नारायण बराल, कुष्ण बास्तोला,सुरेश थापा, सुदिप गौतम लगायतले सेन्टरले सहकारी लगायत समाजका गरिव एवम् विपन्न परिवारका लागि न्यूनतम शुल्कमा सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८



























प्रतिक्रिया लेख्नुहोस्:-