लमजुङ २३ असोज । लमजुङ बेसीशहर नगरपालिका ८ झ्याङखोलास्थित किराना पसल गरी बस्ने रुपन्देही सिद्धार्थनगर नगरपालिका ७ घर भएका ७० वर्षीय हरिराम बानियाँलाई विभिन्न प्रकारका पटाका सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
बानियाँको किराना पसलमा विष्फोटकजन्य वस्तु विक्री गर्ने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले पसल तलासी गर्दा विभिन्न किसिमका १ सय ६८ पिस पटाका, १६ केजी विष्फोटक बनाउने सेतो रंगको सोडा र ४ केजी गन्धक फेला पारी उनलाई पक्राउ गरेको हो ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८





























प्रतिक्रिया लेख्नुहोस्:-