काठमाडौं २२ असोज । भक्तपुर, बर्दिया, सर्लाही, पर्सा, बाँके र सुनसरीका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा पारी ६ जनाको मृत्यु भएको छ ।
भक्तपुर, सूर्यविनायक नगरपालका ५ सृजनानगर राधे राधे पुलमा बागमती प्रदेश ०२-०१७ प १०१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई डिभाईडरमा ठोक्किएर बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका करिब १८ वर्षीय किशोर मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमी उपचारको क्रममा मृत्यु भएको हो ।
बर्दिया, ठाकुरबाबा नगरपालिका ३ दम्कीमा भे १ ज ८७९ नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब ३ मिटर तल खसेर बिहीबार दिउँसो दुर्घटना हुँदा जीपमा सवार मधुवन नगरपालिका ५ बस्ने ८० वर्षीया रुप्सी कुमालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको स्थानीय मेडिकल हुँदै मडेकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य १० जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर, २ जनाको मध्यम र अन्यको अवस्था सामान्य रहेको छ । जीप चालकलाई प्रहरीको नियन्त्रणमा लिएको छ ।
सर्लाही, हरिपुर्वा नगरपालिका ९ मिर्चैया टोलस्थित सडकमा ज १ त ९२७९ नम्बरको ट्याक्टरले साइकललाई बिहीबार साँझ ठक्कर दिँदा सोही नगरपालिका ५ हरीपुर्वा बस्ने ५५ वर्षीय पुकार महतोको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पर्सा, बुहुदरमाई नगरपालिका ८ रामनगरीमा प्रदेश २-०३-००१ प ७८५९ नम्बरको मोटरसाइकललको ठक्करबाट साइकलयात्री बहुदरमाई नगरपालिका ८ रामनगरी बस्ने ५५ वर्षीय जोगेन्द्र गिरीको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाँके, नेपालगंज उपमहानगरपालिका २० स्थित सडकमा भे ९ प ७९७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक राप्तीसोनारी गाउँपालिका १ बस्ने २१ वर्षीय दिपक बुढामगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको हो ।
सुनसरी, दुहबी नगरपालिका ३ स्थित कोशी राजमार्गमा एनएल ०२ क्यू ०१३४ नम्बरको ट्रकले को १० प २६८१ नम्बरको मोटरसाइकललाई बिहीबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक मोरङ सुन्दरहरैचा नगरपालिका ८ बस्ने ४५ वर्षीय लक्ष्मी प्रसाद लुईटेलको घटनास्थलमै मृत्यु भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-