काठमाडौं २१ असोज । कास्की, पोखरा महानगरपालिका ८ सिमलचौर बस्ने २७ वर्षीया दिप्ती गुरुङको घरमा तास खेलिरहेको अवस्थामा गुरुङ लगायत ८ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ७ हजार ६ सय ४५ रुपैयाँ र २ सय ११ पत्ती तास सहित फेला पारी पक्राउ गरेको हो ।
लमजुङ, मध्यनेपाल नगरपालिका २ सोतीपसल बस्ने धनवीर गुरुङको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३९ वर्षीय सूर्यलाल पौडेल लगायत ९ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सोतीपसल र ईलाका प्रहरी कार्यालय भोर्लेटारबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७६ हजार १ सय ८० रुपैयाँ र ४ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
काठमाडौं, काठमाडौं महानगरपालिका १३ बाफल बस्ने ४० वर्षीय रिजु श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं कोटेश्वर बस्ने मकवानपुर थाहा नगरपालिका ६ घर भएका ३८ वर्षीय कविन्द्र बलामी लगायत १९ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ८६ हजार ६५ रुपैयाँ, ३३ थान कौडा, ७ बुक तास, २८ थान मोबाईल र १ थान चेक बुक सहित फेला पारी पक्राउ गरेको हो ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८
प्रतिक्रिया लेख्नुहोस्:-