पोखरा २१ असोज । पोखरा महानगरपालिका ६ डिकोपाटनमा बिहानी बजार संचालनमा आएको छ । बजारको उद्दघाटन गर्दै पोखरा महानगरपालिका ६ का वडाअध्यक्ष जगत पहारीले यस्ता बजारले युवालाई रोजगार दिने बताए । बिहानी बजार जस्ता बजार आएमा बजारमा स्वच्छ प्रतिस्पर्धा हुने बताए । स्वच्छ प्रतिस्पर्धाले मात्र उपभोक्ताले सस्तोमा सामान पाउने धारणा राखे ।
बिहानी बजार दमौली शाखा संचालक बसुन्धरा खत्रीले पोखारमा मात्र नभएर पर्वतको कुश्मा, लमजुङ लगायतका जिल्लामा छिटो बिहानी बजारको शाखाहरु संचालनमा आउने बताईन ।
शुभकामना टोल बिकास संस्थाका अध्यक्ष गणेशबहादुर ढकालले बिग्रेको र स्वास्थको लागि हानिकारक बस्तु बिक्री नगर्न आग्रह गरे । बिहानी बजार शुभकामना टोलमा आएको कारण खुसी व्यक्त गरे ।
बिहानी बजार संचालक हरि कार्कीले बिहानी बजारले ठुलो संख्यामा रोजगार सिर्जना गर्ने जानकारी दिए। थोरै नाफा कमाउने, नाफा आएको रकम सामाजिक उत्तरदायित्वमा खर्च गर्ने योजना रहेको कार्कीले सुनाए ।
कार्याक्रममा पानी पधेरको डिपार्टमेन्ट स्टोरका संचालक कुमार बराल, हिमालयन हाइ कन्ट«क्सन संचालक अर्जुन अधिकारी लगायतले भनाइ राखेका थिए ।
संचालक ढाका कुमार श्रेष्ठले बिहानी बजारमा स्वास्थ खानेकुरा मात्र पाइने । उनले कास्की सहित अन्य ४ जिल्लामा बिहानी बजार केही दिनमा संञ्चालन गर्ने बताए । नाफाको १ प्रतिशत सामाजिक संस्थामा काम गर्ने बताए । बजार बिहान ७ बजेदेखि बेलुका ११ बजेसम्म खुल्ला रहने छ । बजारमा सय रुपैयाँ बढिको समान किन्न विभिन्न उपहारको व्यवस्था गरिएको छ ।





























प्रतिक्रिया लेख्नुहोस्:-