पोखरा, २० असोज–पोखराको हेम्जामा हुने भनिएको ५ ए साइड फुटबल प्रतियोगिताको मिति सारिएको छ । बिहिबार देखि प्रतियोगिता सुरु हुने भनिएपनि विभिन्न कारणले प्रतियोगिताको मिति सारिएको आयोजकले जानकारी दिएका छन् ।
पोखरामा राष्ट्रिय फुटसल लिग, यस्तै यु–१४ प्रतियोगिता खेल्ने खेलाडीहरुको समेत परिक्षा भएका हुनाले प्रतियोगिता सारिएको हो ।
प्रतियोगिता २३ गतेदेखि सुरु हुनेछ ।
आरएस बिच फुटबल क्लबको आयोजना पहिलो पटक हुन लागेको ५ ए साइड फुटबल प्र्रतियोगितामा यु –१४, खुल्ला र ३५ वर्ष माथि भेट्रान्स गरी ३ प्रतियोगिता हुनेछन् ।
प्रतियोगिता संयोजक रोशन केसीका अनुसार बिच फुटबल भन्ने धेरैको सोचाइ भएपनि आफूहरुले फुटबल नै आयोजना हुनेछ ।
प्रतियोगिता अन्तरगत यु १४ प्रतियोगितामा सहभागिताका लागि जन्मदर्ता अनिवार्य गरिएको छ ।
यु १४ का लागि २०६४ असोज २० गतेभन्दा अघि जन्मेको हुनेपर्नेछ । प्रतियोगिताको विजेताले नगद १२ हजार रुपैँया तथा उपविजेताले ६ हजार रुपँैया प्राप्त गर्नेछन् ।
यस्तै खुुल्ला प्रतियोगिताको विजेताले ३५ हजार र उपविजेताले २० हजार रुपैँया प्राप्त गर्नेछन् । ३५ वर्षमाथि भेट्रान्स प्रतियोगिताका विजेताले २० हजार तथा उपविजेताले १२ हजार रुपैँया प्राप्त गर्ने संयोजक रोशन केसीले जानकारी दिए ।
प्रतिक्रिया लेख्नुहोस्:-