काठमाडौँ — ताइवानको रक्षा क्षेत्रभित्र चीनले लडाकु विमान लगातार पठाउन थालेपछि ताइवानले कडा प्रतिक्रिया दिएको छ । चौथो दिन पनि चिनियाँ लडाकु विमान ताइवानको आकासमा उडेपछि ताइवानले यस्ता गतिविधि रोक्न चेतावनी दिएको छ ।
सोमबार मात्रै चीनले एकै दिन ५६ विमान ताइवान पठाएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । ताइवानले भने विज्ञप्ति जारी गर्दै चिनियाँ हवाई गतिविधिलाई ुगैरजिम्मेवार र उक्साहटपूर्ण गतिविधिुको संज्ञा दिएको छ । साथै यस्ता गतिविधि रोक्न ताइवानले चेतावनी दिएको छ ।
ताइवानलाई आफ्नै क्षेत्रको रुपमा व्यवहार गर्दै चीनले त्यस क्षेत्रको सुरक्षा जिम्मेवारी चीनको भएको बताउँदै आएको छ । पछिल्लो समय चीनले ताइवानको आकासमा सयौँ विमान पठाइसकेको छ ।
ताइवानले आफूलाई स्वतन्त्र र लोकतान्त्रिक देश भएको भनिरहँदा चीनले भने आफ्नै भूमिको रुपमा व्यवहार गर्दैआएको छ । साथै अमेरिकाले ताइवानलाई उक्साउने गरेको चिनियाँ अधिकारीहरुको आरोप छ ।
गत वर्ष मात्रै चीनले ३८० वटा सैन्य विमान ताइवानको सुरक्षा क्षेत्रमा पठाएको थियो । तर यस वर्षको अक्टोबरको सुरुसम्म ६०० भन्दा बढी चिनियाँ विमान ताइवान प्रवेश गरिसकेका छन् । पछिल्लो समय चीनले ताइवानमा विमान पठाउने क्रम बढाएपछि ताइवानले पनि विरोध जनाउँदैआएको छ ।





























प्रतिक्रिया लेख्नुहोस्:-