सिभिल बैंक तथा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ लगायतलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०को टोलीले ठगी आरोपमा सोमबार राति सुनधाराबाट पक्राउ गरेको हो । उनीसँगै अन्य केही व्यक्तिहरु पनि पक्राउ परेका छन् ।
प्रहरीले यसबारे आज जानकारी दिँदै छ । प्रहरीका अनुसार तामाङमाथि ४४ करोड रुपैयाँभन्दा धेरै हिनामिना गरेको र ठगी गरेको आरोप लागेको छ । निक्षेपकर्ताको बचतमा उनले ठगी गरेको आरोप लागेको हो । तत्कालीन सिभिल सेभिङ एन्ड क्रेडिट सहकारी संस्थामा जम्मा गरिएको हजारौँ ग्राहकको निक्षेप उनले हिनामिना गरेको आरोप लागेको छ ।






























प्रतिक्रिया लेख्नुहोस्:-