२०८३ साउन २, शनिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

घरेलु टोली क्यासलको पहिलो हार

गण्डकी प्रेस
अशोज १८, २०७८ १७:३९ मा प्रकाशित
खेलकुद, प्रमुख समाचार, समाचार
घरेलु टोली क्यासलको पहिलो हार
26
SHARES
Share on FacebookShare on Twitter

राष्ट्रिय ए डिभिजन फुटसल लिगमा घरेलु टोली क्यासलले पहिलो हार व्यहोरेको छ । लिग अन्तरगतको आफ्नो अन्तिम खेलमा क्यासल द राइजिङ क्लब धरानसंग ६–४ गोल अन्तरले हारेको हो ।

हार व्यहोरेपनि क्यासल लिग तालिकाको शिर्षस्थानमा यथावत रहेको छ । क्यासलको ९ खेलबाट २२ अंक रहेको छ । क्यासलले ७ खेलमा जित, १ खेल बराबरी र १ खेलमा हार व्यहोरेको छ ।

उता राइजिङ भने जितसंगै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । राइजिङको पनि कुल ९ खेलबाट १९ अंक रहेको छ । राइजिङले ६ खेलमा जित, २ खेलमा हार र १ खेल बराबरी खेलेको थियो ।

सोमबार भएको पहिलो खेलमा राइजिङका सुदिप गुरुङले चौथो मिनेटमा गोल गर्दै अग्रता दिलाए । पाँचौ मिनेटमा रिवोस मास्केले अग्रता दोब्बर पारे । ८ औँ मिनेटमा क्यासलका सुमित श्रेष्ठले अग्रता घटाउने काम गरे ।

११ औँ मिनेटमा विसन श्रेष्ठले राइजिङका लागि तेस्रो गोल गरे । १९ औैं मिनेटमा क्यासलका सुरेश बुढामगरले गोल गर्दै अग्रता घटाउने प्रयास गरेपनि सोहि मिनेटमा राइजिङले १ गोल फर्काउँदै अग्रता कायम राखे ।

पहिलो हाफमा ४–२ को अग्रता लिएको राइजिङले दोस्रो हाफमा पनि थप २ गोल गर्न सफल रह्यो । खेलको २८ औँ मिनेटमा क्यासलका किशोर गुरुङले गोल गर्दै अग्रता घटाउने प्रयास गरे । ३१ औँ मिनेटमा विकु तामाङले गोल गर्दै राइजिङको जित लगभग निश्चित गरे ।

राइजिङका मिलनले ३८ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टिमको जित निश्चित गरे । क्यासलका दिपेश घलेले ४० औँ मिनेटमा क्यासलका लागि चौथो गोल गरे । खेलको म्यान अफ दि म्याच राइजिङका कप्तान दोर्जे तामाङ घोषित भए ।

हारसंगै क्यासलका मुख्य प्रशिक्षक विष्णु गुरुङले हार व्यहोर्दा दुख लागेको प्रतिक्रिया दिए । उनले मुख्य खेलाडीलाई जोगाउँदा हार व्यहोरेको बताए ।

राइजिङका मुख्य प्रशिक्षक युवेन्द्र गुरुङले जितले प्लेअफमा आफ्नो स्थान सत् प्रतिशत बनाएको प्रतिक्रिया दिए । ‘आज खेलाडीले खासै मिहेनत गर्न परेन । क्यासललाई जितपनि हारेपनि असर पर्ने थिएन जुन हाम्रो लागि एडभान्टेज थियो’ उनले भने ।

यस्तै अर्को खेलमा मछिन्द्र स्काइ गोल्सले लुम्बिनीलाई ५–४ ले हरायो । १३ औं मिनेटमा मनोज राईले मछिन्द्रका लागि सुरुवाति गोल गरे । त्यसको १ मिनेटमै अर्थात १४ औं मिनेटमा सविन केसीले अग्रता दोब्बर पारे ।

मछिन्द्रले १९ औं मिनेटमा उपहार स्वरुप एक गोल पायो । लुम्बिनीका समिर मगरले आत्मघाति गोल गरे । खेलको २० औं मिनेटमा लुम्बिनीका देवशेष शर्माले गोल गरे । २३ औं मिनेटमा रुपेश बराइलीले गोल गर्दै अग्रता घटाए ।

तर, त्यो धेरैबेर टिक्न सकेन । २७ औं मिनेटमा सुभेत लामाले गोल गर्दै मछिन्द्रको अग्रता यथावत राखे । दिपेश सेन ठकुरीले ३० औं मिनेटमा गोल गरे ।

यस्तै लुम्बिनीका सुजन थापाले खेलको ३२ र ३९ औं मिनेटमा गोल गर्दै जितका लागि आशा जगाएपनि जित हातपार्न भने सकेन् ।
लिगमा ८ खेल खेलेको शंखमुल १८ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ ।

फुटसल ५ धरानको पनि ८ खेलबाट १४ अंक रहेको छ । घरेलु टोली सविन मेमोरियलको पनि ८ खेलबाट १३ अंक रहँदै गोलअन्तरको आधामा पाँचौ स्थानमा रहेको छ । ढुकु फुटसल हबको भने १० अंक रहेको छ ।

खेलको म्यान अफ दि म्याच मछिन्द्रका सुभेत लामा घोषित भए । जितसंगै मछिन्द्रको कुल ९ खेलबाट १३ अंक रह्यो । ४ खेलमा जित ४ खेलमा हार र १ खेल बराबरी खेल्दै लिग तालिकाको छैटौं स्थानमा रहदै लिगबाट विदाइ भएको छ ।

लुम्बिनी भने यस अघिनै रेलिगेसनमा परिसकेको टिम हो । १० टिमको सहभागिता रहेको लिगमा ८ टिम ए डिभिजनमा रहेका छन् भने लुम्बिनी सहित झरना स्पोट्र्स क्लब रेलिगसनमा परेको हो ।

मंगलबार लिगको अन्तिम बाकि रहेका खेलहरु हुनेछन् । यस्तै प्रतियोगितामा पुर्व फिफा रेफ्रि एवम् रेफ्रिसंघका महासचिव लव खत्रीको निधनप्रति शोक समेत मनाएको छ ।

लिग संयोजक एवम् एन्फा फुटसल विभाग प्रमुख विनोद गुरुङले खत्रीको निधन प्रति दुखद् व्यक्त गर्दै आत्मा चिरशान्तिको कामना गरे । खेलमा स्व. खत्रीको आत्माको शान्तिको कामना गर्दै १ मिनेट मौन धारण समेत गरिएको थियो ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

रसिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

बर्डफ्लुका कारण ११ वर्षिया बालकको मृत्यु

पोखरा १९ पुरचौरमा पहिरोमा परि ७ जनाको मुत्यु

सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिए

सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिए

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

अवैध लागूऔषध सहित ५ जना पक्राउ

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

मेयर प्रेमलालको सट्टामा एसईई दिंदै गरेका कमल साह पक्राउ

एमाले नेता प्रदीपको देउवाप्रति खरो प्रहार, पहिले श्री ५ ले अहिले श्रीमान ५ ले प्रधानमन्त्री बनाए

एमाले नेता प्रदीपको देउवाप्रति खरो प्रहार, पहिले श्री ५ ले अहिले श्रीमान ५ ले प्रधानमन्त्री बनाए

२ करोडको लगानीमा पोखरामा क्लासिक चुलो

२ करोडको लगानीमा पोखरामा क्लासिक चुलो

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ