पोखरा , १८ असोज । पोखरा महानगरपालिका १९ गैरीखोर बस्ने बिना पुनको घरमा तास खेलिरहेको अवस्थामा सोही महानगरपालिका १९ लामाचौर बस्ने अन्नपूर्ण गाउँपालिका घर भएका ६२ वर्षीय याम गुरुङ लगायत ९ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३४ हजार ३ सय ७० रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी पोखरा महानगरपालिका १९ लामाचौर बस्ने हरिमायाँ पुनको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने माछापुच्छ्रे गाउँपालिका घर भएका २७ वर्षीय राजु पुन लगायत ९ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४५ हजार ७ सय ५० रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८






























प्रतिक्रिया लेख्नुहोस्:-