पोखरा, असोज १७ गते । “६६ औं प्रहरी दिवस” को अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालयको आयोजनामा खुल्ला रक्तदान, माक्स बितरण तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
पोखराकोचिप्लेढुङगामा गरिएको रक्तदान कार्यक्रममा ८१ जना प्रहरी कर्मचारी तथा सर्वसाधारणहरुले रक्तदान गर्नुभएको थियो । उक्त रक्तदान कार्यक्रम रक्त संचार केन्द्र कास्की र गण्डकी प्रदेश प्रहरी अस्पताल, पोखराको प्राविधिक सहयोगमा सम्पन्न भएको हो ।
त्यस्तै ६६ औं प्रहरी दिवसकै अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालयको आयोजनामा पोखराका बिभिन्न स्थानहरुमा निस्शुल्क माक्स बितरण कार्यक्रम समेत सम्पन्न भएको छ ।
कोरोना माहामारीको प्रभाव केही न्यून भएतापनि चाडपर्वहरु नजिकिए संगै बढ्ने भिडभाडले संक्रमणको जोखिम बढ्न सक्ने कुरालाई मध्येनजर गरी उक्त माक्स बितरण कार्यक्रम गरीएको हो । आम नागरिकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी माक्स नलगाउने नागरिकलाई सम्झाई बुझाई सहित जम्मा ८०९९ माक्स वितरण गरीएको थियो । यसका साथै प्रहरी दिवसकै अवसरमा एक प्रहरी एक बिरुवा भन्ने मुल नाराका साथ प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालय परिसरमा वृक्षारोपण कार्यक्रम समेत सम्पन्न गरीएको छ । कार्यक्रम अन्तर्गत प्रदेश भरि जम्मा ११४८ वृक्षारोपण गरीएको छ । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलले रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरे ।
प्रतिक्रिया लेख्नुहोस्:-