२०८३ साउन २, शनिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

एमाले महाधिवेशन : व्यक्तिभन्दा विधिलाई प्राथमिकता दिन सुझाव

गण्डकी प्रेस
अशोज १७, २०७८ १०:१८ मा प्रकाशित
प्रमुख समाचार, राजनिती, समाचार, समाज
एमाले महाधिवेशन : व्यक्तिभन्दा विधिलाई प्राथमिकता दिन सुझाव
42
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं १७ असोज । नेपाल कम्युनिस्ट पार्टी एमालेको जारी प्रथम विधान महाधिवशेनमा प्रतिनिधिहरूले व्यक्ति नभई पार्टी र पार्टीको नीतिलाई स्थापित गर्नुपर्ने सुझाव दिएका छन् । पार्टीलाई भन्दा व्यक्तिलाई स्थापित गर्ने नीति गलत भएको टिप्पणी गर्दै प्रतिनिधिले पार्टी सञ्चालन संस्थागत रुपमा हुनुपर्ने सुझाव अघि सारेका छन् ।

महाधिवेशनमा शनिबार प्रदेश–१ को टोली नेता भानुभक्त ढकालले पार्टीभित्र व्यक्ति नभई पार्टी र नीति स्थापित हुनुपर्ने धारणा राख्नुभयो । यसै गरी, लुम्बिनी प्रदेशका तर्फबाट सुझावहरू प्रस्तुत गर्दै अध्यक्ष लीला गिरीले जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा अझ समृद्ध बनाउनुपर्ने, कार्यकर्तालाई उत्पादन प्रणालीमा जोड्दै आर्थिक उपार्जनमा लगाउनुपर्ने, निर्वाचन प्रणालीलाई कम खर्चिलो बनाउनुपर्ने सुझाव राखे ।
उनले राजकीय पदमा बाहेक एक व्यक्ति, एक पदको नीति लागू गर्नुपर्ने, दुई कार्यकालभन्दा बढी एउटै व्यक्ति पदाधिकारीमा बस्न नपाउने, जनप्रतिनिधिले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्नेलगायतका सुझावहरू राखे ।

वागमती प्रदेशका तर्फबाट अध्यक्ष आनन्द पोखरेलले सुझाव प्रस्तुत गर्दै पार्टी र सरकारबीचको अन्तरविरोधका कारण अहिलेको अवस्था आएको भन्दै यसको सूक्ष्म ढंगले समीक्षा गर्नुपर्ने धारणा राखे । उनले एमसीसीका बारेमा पार्टीको स्पष्ट धारणा आउनुपर्ने धारणा पनि राखे ।

उनले बजेट विधेयकमार्फत सरकारले कालोधनलाई वैधानिकता दिने दुराशययुक्त प्रयास गरेको आरोप लगाउँदै पार्टीले यसको सशक्त विरोध गर्नुपर्ने बताए । उनले केन्द्रीय कमिटीमा वरिष्ठ उपाध्यक्ष, सात उपाध्यक्ष, दुई उपमहासचिव र सात सचिवको व्यवस्थाका साथै कमिटीहरूलाई बढीभन्दा बढी समावेशी बनाउन सुझाव दिए ।

शनिबार प्राप्त समूहगत छलफलमा नेताहरूले उपाध्यक्षको संख्या अझै बढाउनुपर्ने, उपहासचिव पद कायमै राख्नुपर्ने सुझाव दिएका छन् । हाल विधान संशोधन प्रस्तावमा पाँच उपाध्यक्ष प्रस्ताव गरिएको छ भने उपमहासचिव पद खारेज गर्ने प्रस्ताव छ । कर्णाली प्रदेश कमिटीका तर्फबाट सुझावहरू राख्दै अध्यक्ष गोरखबहादुर बोगटीले विधानमा वरिष्ठ उपाध्यक्ष पद थपिनुपर्ने र पोलिटब्युरोलाई कायमै राख्नुपर्ने सुझाव दिए ।

शनिबार पाँच समूहका टोली नेताहरूले सुझाव प्रस्तुत गरेका छन् । कर्णालीबाट गोरखबहादुर बोगटी, लुम्बिनीबाट लीला गिरी, सुदूरपश्चिमबाट कर्ण थापा र वागमतीबाट आनन्द पोखरेलले प्रदेशगत समूहको सुझाव प्रस्तुत गर्नुभएको छ । त्यसै गरी, केन्द्रीय निकाय तथा विभागका तर्फबाट पोलिटब्युरो सदस्य भानुभक्त ढकालले सुझाव प्रस्तुत गरको थिए ।

गोदावरीको सनराइज सम्मेलन हलमा शुक्रबारबाट शुरु भएको महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्तावमाथि १० वटा समूह बनाएर छलफल गरिएको थियो । छलफल सकिएपछि समूह नेताहरूले विधानमाथि संशोधन प्रस्ताव राख्ने काम शुरु भएको छ । बाँकी समूहका टोली नेताहरूले आज आइतबार विधान संशोधनमाथि धारणा राख्ने छन् ।

टोली नेताहरूले विधानमा वरिष्ठ उपाध्यक्ष, एक उपमहासचिव र सात सचिवसहितको पदाधिकारी राखिनुपर्ने सुझाव दिँदै उहाँले आफ्नो समूहमा ७० वर्ष उमेर हद कार्यान्वयन गर्नुपर्ने सुझाव पनि दिएका छन् । प्रदेश कमिटी १ सय ५१ सदस्यमा सीमित गर्ने र पार्टीका सबै कमिटीमा ३३ प्रतिशतभन्दा बढी महिला सहभागिता गराउनुपर्ने सुझाव पनि आएको छ ।

सबै टोली नेताले सुझाव प्रस्तुत गरेपछि राजनीतिक प्रतिवेदनबारे पार्टी अध्यक्ष ओलीले, सांगठनिक प्रतिवेदनबारे महासचिव ईश्वर पोखरेल र विधान संशोधन प्रस्तावबारे उपमहासचिव विष्णुप्रसाद पौडेलले जवाफ दिने कार्यक्रम रहेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । विधान महाधिवेशनमा देशभरबाट ६ हजार ३ सय ४७ प्रतिनिधि सहभागी रहेका छन् । विधान महाधिवशेन आज सम्पन्न हुनेछ ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

रसिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

बर्डफ्लुका कारण ११ वर्षिया बालकको मृत्यु

पोखरा १९ पुरचौरमा पहिरोमा परि ७ जनाको मुत्यु

सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिए

सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिए

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

अवैध लागूऔषध सहित ५ जना पक्राउ

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

मेयर प्रेमलालको सट्टामा एसईई दिंदै गरेका कमल साह पक्राउ

एमाले नेता प्रदीपको देउवाप्रति खरो प्रहार, पहिले श्री ५ ले अहिले श्रीमान ५ ले प्रधानमन्त्री बनाए

एमाले नेता प्रदीपको देउवाप्रति खरो प्रहार, पहिले श्री ५ ले अहिले श्रीमान ५ ले प्रधानमन्त्री बनाए

२ करोडको लगानीमा पोखरामा क्लासिक चुलो

२ करोडको लगानीमा पोखरामा क्लासिक चुलो

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ